
पोखरा(खेलाडी न्युज)—नेपाली फुटबलका राष्ट्रिय गोलकिपर किरण चेम्जोङको मिर्नेभा पन्जाब भारतीय प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । सोमबार एज्वाल एफसीलाई २—० गोलले पराजित गर्दै ३२ अंकसहित आईलिगको शीर्षस्थानमा उक्लिएको हो ।
पञ्जाबले खेलको ५१ औं मिनेटमा लिएको अग्रतालाई खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित बनायो । आकाश साङवानले गोल गर्दै मिर्नेभालाई अग्रता दिलाए । चेन्को ग्याल्थेनको पासमा डिबक्स लाईन नजिकैबाट हानेको सट पोष्टभित्र छिरेपछि शीर्षस्थान पक्का गर्ने तर्फ लम्किएको थियो । ९०+६ मिनेटमा बाजी अर्माण्डले विलियन ओपोकु एसाइडुको पासलाई सदुपयोग गर्दै गोल गरेपछि मिर्नेभाको शीर्षस्थान पक्का भयो । किरणले एज्वल एफसीका खेलाडीको प्रहारलाई बचाउ गर्दै उकृष्ठ प्रदर्शन गरेका थिए । एजेन्सीको सहयोगमा


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…