
एजेन्सी—युभेन्ट्सबाट सर्वाधिक महंगामा ओल्डट्राफोर्डमा भित्रिएका पाउल पोग्बा यतिबेला म्यानचेष्टर युनाईटेड छोड्ने मनस्थितिमा छन् । पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्होको रोजाईमा युभेन्ट्सबाट युनाईटेडमा ८९ मिलियन पाउण्डमा भित्रिएका पोग्बा मोरिन्होले दोस्रो रोजाईमा राख्न थालेपछि क्लब छाडने मनस्थिति बनाएका हुन् । उनले आगामी समर सिजनमा नयाँ क्लबमा अनुबन्धन हुन सक्ने द सनले दावी गरेको छ । उनलाई स्पेनिस जायन्ट रियल मड्रिडले भित्रयाउने चाहना राख्दै आएको छ । यद्यपी चर्चा केही सेलाएको छ ।
युभेन्ट्सले पनि उनलाई क्लबमा फर्काउन खोजिरहेको छ । ५३ मिलियन पाउण्ड तिरेर फर्काउने चाहना राखेका छ । फ्रान्सेली मिडफिल्डर पोग्बालाई प्रशिक्षक मोरिन्होले पहिलो रोजाईमा राखेका छैनन् । हर्डसफिल्डसँगको खेलमा पनि उनी बेन्चमा बसेका थिए । गत साता पनि पोग्बा सेभिल्लासितको च्याम्पियन्स लिगको प्रतिस्पर्धामा पनि बेन्चमा थिए । उनी सधैं दोस्रो रोजाईमा पर्न थालेपछि ओल्डट्राफोर्ट छोड्ने मानसिकता बनाएका हुन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…