युएईसँग आज वार्मअप खेल, नेपालको व्याटिङको परीक्षा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १५ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—आज नेपालले संयुक्त अरब इमिरेट्स(युएई)सँग मैत्रीपूर्ण खेल खेल्दै छ । जुन विश्वकप छनोटको लागि वार्म अप खेल हुने छ । युएईसँग पराजित हुदैं विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाल समूह बीमा छ । युएईसँग नेपालले प्रतिस्पर्धा भने गर्दैन् । तर आज वार्म अप म्याच मार्फत आफनो क्रिकेटको स्तर भने पक्कै मापन गर्ने छ ।

लिग डिभिजन २ मा युएईसँग फाईनलमा जस्तै उत्कृष्ठ व्याटिङको अपेक्षा गरिएको छ । डिभिजनमा खेलिएका मध्ये फाईनलमा मात्रै नेपाली व्याट्सम्यान त्यसमा पनि कप्तान पारस खड्काले लोभलाग्दो र प्रभावकारी प्रदर्शन गरे । करण केसीको अविश्वसनीय र चमत्कारिक व्याटिङ विश्वकप छनोटमा हेर्न पाईने विश्वास आम क्रिकेट प्रेमीले गरेका छन् । सन्दीप लामिछानको स्पीनमा विदेशी व्याट्सम्यान घुम्ने आशा समेत क्रिकेटप्रेमीको गरिरहेका छन् ।

विश्वकप छनोटमा नेपालले जिम्बावे, स्कटल्याण्ड, अफगानिस्तान र हङकङसँग प्रतिस्पर्धा गर्ने छ । अफगानिस्तान र हङकङ बाहेक नेपालको लागि अरु तीन देश क्रिकेटको लागि भने नयाँ हुने छन् । विश्वकपमा दश देशले सहभागिता जनाउने छन् । आठ टेष्ट राष्ट्र र बाँकी २ देश भने छनोट हुदैं विश्वकप २०१९ मा सहभागिता जनाउने छन् । नेपाल समूह बीमा परेको छ । समूह ए र समूह बीको विजेताले मात्रै विश्वकपमा स्थान बनाउने छ ।

नेपालले मार्च ४ मा जिम्बावेसँग खेल्ने छ । सन १९८३ मा जिम्बावेले पहिलो पटक विश्वकप खेलेको थियो । वल्र्डकप क्वालिफायरमा तीन पटक च्याम्पियन बनेको छ । सन १९८२ मा पहिलो, १९८६ र १९९० मा तीन पटक क्वालिफायर च्याम्पियन बनेको इतिहास छ । नेपाल स्कटल्याण्डसँग ८ मार्चमा प्रतिस्पर्धा गर्ने छ । स्कटल्याण्ड पनि विश्वकपको अनुभवी टोली हो । स्कटल्याण्डले सन १९९९ मा वल्र्डकप खेलेको छ । पाँच पटक विश्वकप छनोटमा सहभागिता जनाई सन २००५ र २०१४ मा छनोट च्याम्पियन समेत भईसकेको छ । १९९४ मा आईसिसीको स्कटल्याण्डलाई एकदिवसीय बरियता र टी —२० को स्टाटस पाएको थियो । ७ मे १८४९ मा इग्ल्याण्ड ११ सँग पहिलो अन्तराष्ट्रिय खेल समेत खेलेको थियो । स्कटल्याण्ड पनि नेपाली टोलीको लागि नयाँ हुने छ ।

नेपालले अर्को खेल अफगानिस्तानसँग मार्च १० मा खेल्ने छ । अफगानिस्तान क्रिकेटको एकदिवसिय बरियतामा ११ औं स्थानमा छ । टी—२० को बरियता भने नवौंमा रहेको छ । नेपाल र अफगानिस्तान बीच एकापसी परिचित प्रतिस्पर्धी हुन् । नेपालले २०१४ मा अफगानिस्तानलाई टी—२०मा पराजित गरेको थियो । नेपालले दिएको १४१ रनको लक्ष्यलाई अफगानिस्तान १३२ रनमा समेट्दै ९ रनले जितेको थियो । केन्यालाई पराजित गर्दै २०१५ को क्रिकेट विश्वकपमा छनोट भएको हो । २०१५ को विश्वकपमा अफगानिस्तानले स्कटल्याण्डलाई एक विकेटले पराजित गरेको थियो ।
नेपालले विश्वकपको अन्तिम छनोट खेल मार्च १२ मा हङकङसँग खेल्ने छ । नेपाल र हङकङ बीच धेरै पटक आमने सामने भईसकेका छन् । २०१० को एशियन गेम्समा नेपाल ३० रनले पराजित भएको थियो । २०११ को एसिसी टी—२० क्रिकेटमा नेपालले हङकङलाई २ विकेटले पराजित गरेको थियो ।