युएईसँग वार्मअप म्याच, नेपाललाई १७२ रनको चुनौति

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १५ गते २०७४ मा प्रकाशित


एजेन्स—नेपालले विश्वकप छनोट अन्तर्गत आज मंगलबा संयुक्त अरब इमिरेट्स(युएई)सँग वार्म अप खेल्दै छ । टस हारेको नेपालले फिल्डिङ रोज्दै युएईले नेपाललाई जितको लागि १७२ रनको लक्ष्य दिएको छ । दोस्रो ओभरमै कप्तान रोहन मुस्तफालाई ४ रनमै ललितसिंह भण्डारीले पवेलियनको बाटो देखाउँदै दबाव सृजना गरे । तर आसफाक अहमेदले ललित राजबंवशीको बलमा आउट हुनु अघि ४२ रन बनए ।

उनको इनिङले पनि युएईलाई सम्मानजनक स्कोर बनाउन महत्वपूर्ण योगदान दियो । पारस खड्काले पनि गुलाम साब्बरलाई विकेट किपर दिलिपनाथको हातबाट क्याच गराए । साब्बरले ३२ रन बनाएर आउट भए । ललित राजवंशीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा रामेज शाहजादलाइ शुन्य रनमै क्रिजबाट बाहिर पठाए ।

ललित भण्डारीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा साहमन अन्सारलाई १६ रनमा करण केसीको हातबाट क्याच गराए । २६ रनमा खेलिरहेका मोहम्मद उसमानलाई पनि भण्डारीले नै राजवंशीको हातबाट क्याच गराउँदै पवेलियन तर्फ धकेले । करण केसीले पनि दिलिप नाथको हातबाट क्याच गराउँदै ३७ रन बनाएका अदनान मुफ्तीलाई आउट गराई छाडे । भण्डारीले व्यक्तिगत चौथो विकेट लिने क्रममा मोहम्मद बुटाको लिए ।

करण केसीले मोहम्मद नाभेदलाई एक रनमै आउट गराए । उनले अन्तिम विकेट भने चिराग सुरीको लिएका हुन् । आजको खेलमा शक्ति गौचन निकै महंगा बलर देखिए । उनले तीन ओभरमा २४ रन खर्चिए । तर विकेट भने उनको नाममा परेन् । सन्दीप लामिछानेको भागमा पनि विकेट पर्न सकेन् । पानीले प्रभावित खेल २९ ओभरमा झारिएको छ । युएईले सबै विकेट गुमाउँदै २८ ओभर ५ बलमा १७१ रनमा समेटियो ।