
एजेन्स—आईसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ को फाईनलमा भोगेको पराजयको बदला नेपालले विश्वकप छनोट अन्तर्गत मंगलबार वार्मअप खेलमा लिएको छ । युएईले दिएको १७२ रनको चुनौतिलाई नेपालले पाँच विकेटको क्षतिमा चार बल बाँकी रहदाँ पुरा ग¥यो । शरद भेषवाकर र दिपेन्द्रसिंह ऐरीले उत्कृष्ठ साझेदारी गर्दै टोलीको जित तर्फ लम्काए । भेषवाकरले ४१ रन बनाउन ५४ बल खर्चिए । खातामा एक छक्का रह्यो । उनी नटआउट रहे । उनलाई ऐरीले पनि साथ दिदैं ४१ रन बनाई आउट भए । ऐरीले ३२ बलको सामना गर्दै एक छक्का र चार चौका हिर्काए । आरिफ शेखले पनि नटआउट २३ रनको महत्वपूर्ण इनिङ खेले ।
ओपनर ज्ञानेन्द्र मल्ल १२ रनमा आउट हुनु अघि दिलिप नाथ केवल ४ रनमै पवेलियनको बाटो समाए । कप्तान पारस खड्काले पनि २८ रनमा खेल्दै विकेट जोगाउन उद्दत देखिए । तर उनी रोहन मुस्तफाको बलमा आउट भए । अशोक साह पनि ११ रनमा आउट भएपछि भेषवाकर र ऐरीले इनिङ सम्हाले । टस हारेको नेपालले फिल्डिङ रोज्दै युएईले नेपाललmाई जितको लागि १७१ रनको लक्ष्य दिएको छ । दोस्रो ओभरमै कप्तान रोहन मुस्तफालाई ४ रनमै ललितसिंह भण्डारीले पवेलियनको बाटो देखाउँदै दबाव सृजना गरे ।
तर आसफाक अहमेदले ललित राजबंवशीको बलमा आउट हुनु अघि ४२ रन बनए । उनको इनिङले पनि युएईलाई सम्मानजनक स्कोर बनाउन महत्वपूर्ण योगदान दियो । पारस खड्काले पनि गुलाम साब्बरलाई विकेट किपर दिलिपनाथको हातबाट क्याच गराए । साब्बरले ३२ रन बनाएर आउट भए । ललित राजवंशीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा रामेज शाहजादलाइ शुन्य रनमै क्रिजबाट बाहिर पठाए ।
ललित भण्डारीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा साहमन अन्सारलाई १६ रनमा करण केसीको हातबाट क्याच गराए । २६ रनमा खेलिरहेका मोहम्मद उसमानलाई पनि भण्डारीले नै राजवंशीको हातबाट क्याच गराउँदै पवेलियन तर्फ धकेले । करण केसीले पनि दिलिप नाथको हातबाट क्याच गराउँदै ३७ रन बनाएका अदनान मुफ्तीलाई आउट गराई छाडे । भण्डारीले व्यक्तिगत चौथो विकेट लिने क्रममा मोहम्मद बुटाको लिए । करण केसीले मोहम्मद नाभेदलाई एक रनमै आउट गराए । उनले अन्तिम विकेट भने चिराग सुरीको लिएका हुन् । आजको खेलमा शक्ति गौचन निकै महंगा बलर देखिए । उनले तीन ओभरमा २४ रन खर्चिए । तर विकेट भने उनको नाममा परेन् । सन्दीप लामिछानेको भागमा पनि विकेट पर्न सकेन् । पानीले प्रभावित खेल २९ ओभरमा झारिएको छ । युएईले सबै विकेट गुमाउँदै २८ ओभर ५ बलमा १७१ रनमा समेटिएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…