
एजेन्सी—फुटबलमा जित्नो लागि गोल नै चाहिन्छ । बलमाथिको नियन्त्रण राखेपनि रियल मड्रिडले अन्तमा इन्जुरी समयमा गोल खाँदै स्पानियोलसँग स्तब्ध बन्न पुग्यो । ९०+३ मिनेटमा गोल खाँदै रियल मड्रिडले स्पेनिस लिगको शीर्षस्थानको बार्सिलोनासँग्को अन्तर घटाउने अवसरलाई गुमाउन पुग्यो ।
अंक बाड्ने सम्भावना बढीरहदाँ अन्तिम समयमा गेरार्ड मोरेनोले सर्जियो ग्रासियाको पासमा गोल गर्दै मड्रिडको सपनालाई चकनाचुर बनाईदिए । ७५ औं मिनेटमा सर्जियो ग्रासियाले पाब्लो पियाट्टीले मिलाईदिएको पासलाई सदुपयोग गर्दै रियलको पोष्टमा प्रहार गरेका थिए । ९० औं मिनेटमा सर्जियो ग्रासियाले नै पोष्टमा प्रहार गरे । गेरार्ड मोरेनोको पासलाई उपयोग गरेका थिए ।
रियल मड्रिडले पनि स्पानियोलको पोष्टमा प्रहार भने नगरेको होईन् । तर गोल भने निस्किएन् । ६७ औं मिनेटमा गारेथ बालेले मार्को एन्सेसियोको क्रसलाई सिक्स यार्ड बक्सबाट हानेपनि गोलकिपरले बचाउ गरे । ५६ औं मिनेटमा गेरार्ड मोरेनोले डेभिड लोपेजको पासमा हानेको सट पनि रियलका गोलकिपरले बचाए । ५३ औं मिनेटमा स्पानियोलका भिक्टोर सान्जेजले पनि महत्वपूर्ण अवसरलाई गुमाए । ४८ औं मिनेटमा पनि सर्जियो ग्रासियाले कार्लोस सान्चेजको पासलाई सदुपयोग गरेपनि गोल भने गर्न सकेनन । २६ र १८ औं मिनेटमा पनि स्पानेयोलले अवसरलाई खेर फाल्यो । रियलले राफल भरानेले मार्को एसेन्सियोको पासलाई समेत बाहिर फाले ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…