
एजेन्सी—न्युजिल्याण्डले दिएको मध्यमस्कोरलाई इग्ल्याण्डले बुधबार चार विकेटकै क्षतिमा पुरा गरी दोस्रो वान डे म्याच आफनो पकड बनाएको छ । वान डे सिरिज १—१ को बराबरीमा छ ।
अघिल्लो म्याचमा इग्ल्याण्डले दिएको २८७ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड भने बुधबार २२३ रनमै समेटियो । दोस्रो वान डेमा टस हारेर व्याटिङमा उत्रिएको न्युजिल्याण्डले एम.जे सान्तनेरको अर्धशतकीय पारीको योगदानमा २२३ रन बनायो । उनले नटआउट ६३ रन बनाउने क्रममा चार चौका र एक छक्का हिर्काए । ५२ बलको सामना गर्दै विष्फोटक व्याटिङ गर्दै उत्कृष्ठ प्रदर्शन गरे । उनीसँगै ग्राण्डहोमेले पनि ३८ रनको महत्वपूर्ण योगदान दिए ।
रस टेलर केवल १० रनमा आउट हुदाँ न्युजिल्याण्ड सस्तैमा समेटिने सम्भावना देखिएको थियो । निकोलस पनि १ रनमै पवेलियन फर्किनु अघि लाथमले २२ रन बनाई क्रिजमा थिए । उनी पनि अलिको बलमा कुरान मार्फत क्याच भए । ४९ ओभर ४ बल खेलेको न्युजिल्याण्डले सबै विकेट गुमायो । बोल्टलाई दुई रनमाा बेन स्टोक्सले रन आउट गर्दै पवेलियन तर्फ दौडाए ।
२२३ रनको लक्ष्यलाई इग्ल्याण्डले चार विकेटको क्षतिमा पुरा गर्दै ६ विकेटको जित आत्मसात गर्दै सिरिज १—१ को अवस्थामा पु¥याए । इयान मोर्गान र बेन स्टोक्सले दुवैले उत्कृष्ठ इनिङ खेल्ने क्रममा ६२ र ६३ रन जोडे । कप्तान मोर्गान मुनरोको बलमा क्याच आउट हुदाँ बेनले नटआउट क्रिजमा रहे । ७४ बलमा सामना गर्दै स्टोक्सले एक छक्का र सात चौका व्याटबाट रन निस्कियो । मोर्गानले पनि तीन छक्का र छ चौका हान्दै ठोस इनिङ खेले । बार्यस्टोले ३७ रन बनाए । जे.सी बटलरले पनि नटआउट ३६ रन हिर्काएपछि इग्ल्याण्डले लक्ष्यलाई चार विकेटकै क्षतिमा पुरा ग¥यो । बोल्टले दुई विकेट लिए । म्यान अफ दि म्याचको हकदार भने बेन स्टोक्स भए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…