
धन बस्नेत(खेलाडी न्युज)—पोखराको फुटबलले साढे छ दशक पार गरिसकेको छ । साढे छ दशक उमेरको फुटबलमा भने थोरै संख्यामा मात्रै राष्ट्रिय जर्सीमा अन्तराष्ट्रिय फुटबल स्टेडियममा उत्रिएका छन् । विभिन्न राष्ट्रिय टोली तथा विभिन्न उमेर समूहमा पोखराबाट फुटबलको राष्ट्रिय जर्सी लगाउने संख्या फुटबलको उमेर बराबरी पनि छैन् । ६५ वर्षको उमेर पुरा गरेको पोखराको फुटबलबाट राष्ट्रिय जर्सी लगायतका खेलाडीहरु केहीले प्राण त्यागिसकेका छन् ।
कुनै समय पोखराको फुटबल निकै स्वर्णिम काल थियो । तर अहिले विस्तारै खस्कदैं गएको छ । फुटबल प्रतियोगिता पनि अस्ताउँदै गएका छन् । वर्षेनी आयोजना हुने फुटबलबाट नयाँ खेलाडीले अवसर पक्कै पाउने थियो तर प्रतियोगिता नै अस्थित्वमा नभएपछि खेलाडी समेत पलायनको अवस्थामा पुग्नु स्वभाविकै हो ।
राष्ट्रिय जर्सी लगाउने खेलाडीको सूचीमा सबैभन्दा बढी ड्यामसाईड आउँछ । जहाँबाट ६ जना खेलाडीले राष्ट्रिय जर्सी लगाईसकेका छन् । बसन्त गौचन, विसन गौचन, राजेन्द्र तामाङ, दिपेन्द्र तामाङ, प्रताप सैंजु तथा रवि थापा छन् । राष्ट्रिय टोलीसँगै उमेर समूहबाट नेपाली प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय मैदानमा उत्रिसकेका छन् । त्यसपछि रामबजारले पनि राष्ट्रिय खेलाडीलाई हुकाईसकेको छ । शिव श्रेष्ठ, सन्तोष श्रेष्ठ, सविन्द्र श्रेष्ठ,विजय गुरुङले नेपालको प्रतिनिधित्व गरिसकेको अवस्था छ ।
अग्रज खेलाडीको रुपमा डम्बरसिंह गुरुङ, कृष्ण थापा, ओम गुरुङ, कृण्ण आले छन् । त्यतिमात्रै नभई स्व.नरकाजी गुरुङ, स्व.गंगा गुरुङ जसले पोखराको फुटबलमा महत्वपूर्ण योगदान दिए । राजु गुरुङ, पुष्प केसी,सुरज थापा, चुनबहादुर थापाले पनि पोखराबाट नेपाली फुटबलको राष्ट्रिय जर्सीलाई आङमा सिउरिए । अनिल गुरुङ, अनिल गुरुङ ए, हेमन्त गुरुङ, उत्तम गुरुङ, अनिल ओझा, ईश्वर गुरुङ जो पछिल्लो समयका हुन् । उनीहरुको भन्दा पनि पछाडिको अहिलेको पुस्तामा भने विमल बस्नेत, लक्ष्मण जिसी, मानबहादुर तामाङले उमेर समूहदेखि राष्ट्रिय टोलीमै रहेर फुटबल खेलिसकेका छन् । तर केही खेलाडी अभागी पनि रहे । राष्ट्रिय टोलीमा समावेश भएर पनि खेल्न जान नपाउनु र टोली नै क्यान्सिल हुनु दुर्भाग्य थियो । त्यो दुर्भाग्यको पीडा भने विल तामाङ र राजकुमार श्रेष्ठले भोगे ।
राष्ट्रिय खेलाडी उत्पादन हुनै सकेको अवस्था छैन् । क्लबस्तरीय फुटबल प्रतियोगिता सुस्ताउँदै गएकोले पनि खेलाडी उत्पादन हुन नसकेको प्रशिक्षक समेत रहेका पुर्व राष्ट्रिय खेलाडी राजेन्द्र तामाङको भनाई छ । कर्पोरेट फुटबल त्यसमा पनि एट ए र सेभेन ए साईड फुटबलमा मात्रै सीमित हुदैं गएको छ । उमेर हुदाँ राष्ट्रिय झण्डा बोकेका खेलाडीहरु अहिले विलिन अवस्थामा छन् । (जानकारी प्राप्त भएअनुसार खेलाडीको नाम समावेश गरिएको छ । थप जानकारी प्राप्त भए समाचारमा समेटिने छ । तस्वीर फाईल- राजेन्द्र तामाङ


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…