
पोखरा (खेलाडी न्युज)-बंगलादेशमा भएको बीकेएसपी कप जुडो प्रतियोगितामा नेपाल बुधबार टिम च्याम्पियन बनेको छ । नेपाल ४ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बनेको नेपाल जुडो संघका कार्यालय सचिव एवं टिम व्यवस्थापक ईश्वर रेग्मीले जनाएका छन् । भारत दोश्रो भयो ।
अन्तिम दिन महिला ४४ केजीमुनि सोनिया भट्ट तथा पुरुष ५० केजीमुनि सुबोध मण्डल र ५५ केजीमुनि उत्तम प्रधान श्रेष्ठले नेपाललाई रजत दिलाए । महिला ५२ केजीमुनि अन्जु पाण्डेले कांस्य जितिन् ।
प्रतियोगिताको पहिलो दिन मंगलबार महिला ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधान तथा पुरुष ६० केजीमुनि रोशनबहादुर दोङ, ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ७३ केजीमुनि सुमन श्रेष्ठले स्वर्ण जितेका थिए । महिला ६३ केजीमुनि निर्मला भर्ती मगरले कांस्य जितेकी थिइन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…