
पोखरा(खेलाडी न्युज)—सहारा एकेडेमीमा २८ जना बालक छन् । सबै फुटबलको प्रशिक्षणरत छन् । फुटबलर बनाउने धुनमा सहारा क्लब डेढ दशकदेखि जुटिरहेको छ । यो दोस्रो पुस्ता हो । दोस्रो पुस्तापनि व्यवसायिक फुटबलर बन्ने अभियानमा छन् । फुटबलर बनाउने धुनमा जुटेको सहारा क्लबले वर्षेनी आहा रारा गोल्डकप प्रतियोगिताबाट बचत रकम एकेडेमीमा लगानी गर्दै आएको छ । एकेडेमीकै लागि विभिन्न संघसंस्थासँग सहयोगको आग्रह पनि गर्दै आएको छ । स्वदेशी तथा विदेशी संस्थाले पनि एकेडेमीलाई सहयोग गर्दै आएका छन् ।
क्लबले एकेडेमीकै सहयोगार्थ शनिबार एफसी केन्ट गोर्खाज(युके)सँग च्यारिटी फुटबल आयोजना गरेको छ । च्यारिटी फुटबलमा संकलित रकम एकेडेमीको लागि सहयोग गर्ने प्रतिबद्धता एफसी केन्ट गोर्खाजका अध्यक्ष बुद्धि सुुनुवारले बिहीबार क्लब भवनमा आयोजित पत्रकार सम्मेलनमा सुनाए । गतवर्ष काठमाडौंमा खेलिएको च्यारिटी फुटबलबाट संकलित दुई लाख रुपैयाँ सिसिआरसी नामक संस्थालाई हस्तान्तरण गरिएको उनको भनाई थियो ।
शनिबार हुने मैत्रीपूर्ण फुटबलमा ४० वर्षमाथिका फुटबलरले प्रतिस्पर्धामा उत्रिने छन् । टिकटदर २ सय, ५ सय र १ हजारको दरका छन् । युकेमा बस्दै आएका चन्द्रबहादुर गुरुङले व्यवस्थापनमा टोली पोखरा च्यारिटी फुटबलको लागि आईपुगेको हो । उनले फागु पूर्णिमाको शुभकामना व्यक्त गर्दै च्यारिटी फुटबलमा सबैले सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिए । सन २०१४ सालमा स्थापित एफसी केन्ट युकेमै आयोजित भेट्रान्स प्रतियोगितामा समेत सहभागिता जनाउँदै आएको छ । ‘कति संकलन हुन्छ यकिन छैन् । तर संकलित रकम स्पटमै हस्तान्तरण गर्ने छौं ।’ अध्यक्ष सुनुवारले भने । सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा र महासचिव विश्वराज बरालले च्यारिटी फुटबलमा उपस्थितिको लागि सबैसँग आग्रह गरे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…