प्रदेश नं ४ लाई प्रदेशस्तरीय दृष्टिविहीन टी—२० क्रिकेट सिरिज

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १७ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—प्रदेशस्तरीय महिला दृष्टिविहीन टी—२० क्रिकेट २—१ले प्रदेश नं ४ ले जित्दै सिरिज कब्जा गरेको छ । पहिलो खेलमा जित हासिल गरेको प्रदेश नं ४ दोस्रो खेलमा पराजित हुदैं बराबरी भएको सिरिजको अन्तिम खेलमा जित हासिल गर्दै सिरिज आफनो कब्जा जमाउन सफल भएको हो । अन्तिम तथा फाईनल खेलमा प्रदेश न. ४ ले प्रदेश नं १ लाई १ सय १५ पराजित गरेको थियो ।

खेलमा म्याच अफ दि वुमन विनिता पुन, वुमन अफ दि सिरिज सरिता घिमिरे घोषित भए । विजेता टोलीलाई माननीय नेकपा माओवादी प्रदेश नं ४ की संसदीय दलकी सचेतक गायत्री गुरुङले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेकी थिईन् । नेत्रहीन क्रिकेट संघको आयोजना तथा कास्की जिल्ला क्रिकेट संघको सहयोगमा सञ्चालित प्रतियोगिताको समापनमा गुुरुङ्गले अपाङ्गताभएकाव्यक्तिहरुको खेल अधिकार र महिला स(शक्तकरणको लागीआफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कास्की नेत्रहीन संघका अध्यक्ष लक्ष्मण सुबेदी, राष्ट्रिय अपाङ्गमहासंघ, जिल्ला च्याप्टर कास्कीका अध्यक्ष हेमबहादुर गुरुङ्ग, नेत्रहीन क्रिकेट संघ नेपालका केन्द्रीय अध्यक्षपवन घिमिरे, एबिलिस फाउण्डेशनका कन्ट्री कोअर्डीनेटर डा. बिरेन्द्रराज पोखरेल लगायतले पुरस्कार प्रदान गरेका थिए ।