
पोखरा-दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदैं जादाँ खेल संघलाई खेल सामाग्री र खेल मैदानकै पीरलो दोहोरिने गरेको छ ।
आगामी मंसिर १७ गतेदेखि २६ गतेसम्म कर्णाली प्रदेशको सुर्खेत रंगशालामा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ ।
युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने आन्तरिक गृहकार्यमा समेत जुटेको छ । यता गण्डकी प्रदेश खेलकुद परिषदले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी सूचीकृत गर्न निर्देशनसहितको सूचना जारी गरिसकेको छ । खेलाडीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भन्दै उत्साहित हुदाँ खेल सामाग्रीको अभावले सधैं पिर्ने गरेको छ ।
कास्की जिल्ला हक्की संघले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी गर्नुपर्ने बेला भएपनि खेल सामाग्रीको अभावले प्रशिक्षण गर्न नसकेको गुनासो गरेको छ । शनिबार पोखरा रंगशालामा भएको दोस्रो वार्षिक साधारण सभामा केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले हक्की संघलाई खेल सामाग्रीकै अभावले रुमलिनुपर्ने बाध्यता रहेको उल्लेख गरे ।
जिल्ला अध्यक्ष सुशन पुनले खेल सामाग्री मात्र नभई खेल मैदानकै अभाव रहेको बताए । उनले सानो मैदानमा जेनतेन प्रशिक्षण गर्नुपर्ने बाध्यता खेलाडीलाई रहेको उल्लेख गर्दै प्रतियोगिता खेल्दा ठूलो मैदानमा खेल्नुपर्ने अवस्थाले कठिनाई हुने गुनासो गरे ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला तथा पुरुष हक्कीमा पदकको आशा राखेपनि खेलाडीले प्रशिक्षण गर्न र खेल सामाग्रीको अभावले उत्कृष्ट नतिजा अपेक्षा गर्न नसकिने गुनासो खेलाडीको थियो । साधारण सभामा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष तिलकबहादुर अधिकारी, प्रदेश हक्की संघ गण्डकीका अध्यक्ष दिपकबहादुर थापा, जिल्ला हक्की संघका निर्वतमान अध्यक्ष हित गुरुङ लगायतले सम्बोधन गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…