
पोखरा (खेलाडी न्युज)—पोखरा रंगशालाभित्र बहुउद्देश्यीय कभर्ड हल निर्माणकै क्रममा छ । निर्माणकै क्रममा अब खेलकुद प्रतियोगिता सञ्चालन गर्न सकिने छ । शुक्रबार हलभित्रै रिङ रेष्लिङ हुदैं छ । रिङ रेष्लिङको लागि निर्माणाधिन हल उपलब्ध गराईएको छ । यो सँगै अब जुनसुकै इण्डोर खेल खेलाउन सकिने प्रष्टिएको छ । हलको आन्तरिक काम भईरहेको अवस्थामा रेष्लिङको लागि हल दिदाँ काम भने केही दिनको लागि ठप्पै भएको छ । हलभित्र टिनको ट्रसभन्दा मुनि एभरेष्ट फाईबर इ-ग्रिड फल्स सिलिङ हाल्ने काम हुदैै छ ।
अन्तराष्ट्रिय रेष्लरको उपस्थितिले खेलकुदमा नयाँ आयाम हुने विश्वास गरिएको छ । रिङ रेष्लिङ एशोसियसन अफ नेपालले पोखरामा रिङ रेष्लिङ गर्ने तयारी गरेको हो । पोखरा रंगशाला भित्र निर्माणाधिन बहुउद्धेश्यिय कभर्डहलमा पहिलो पटक यो खेल आयोजना हुने छ । पोखरामा एकै थलोमा बसेर करिब ५ हजार दर्शकले खेल प्रत्यक्ष हेर्ने आयोजकले जनाएको छ । तर हलको क्षमता भने केवल दुईहजारको मात्रै हो ।
‘नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेज र पोखरालाई खेलकुद मार्फत पर्यटन प्रबद्र्धनका लागि समेत यो प्रतियोगिता आयोजना गर्न लागेको’ संघकी अध्यक्ष सुनिता थापाले बताईन् । ‘यो खेल पोखरामा आयोजना गर्न पाउँदा हामी मात्र उत्साही होइन सहभागिताका लागि आएका विदेशी खेलाडी पनि उत्साही भएका छन’ संघकी महासचिव सुर्वण श्रेष्ठले बताइन । ‘यहाँको खेल सुहाँउदो मौसमले पनि विदेशी खेलाडी उत्साही भएको हुनु पर्छ उनीहरु अव पोखरेलीहरुलाई आफ्नो खेल देखाउन आतुर छन’ उनले भनिन ।
विदेशी सहित यो खेलमा नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्ने छन् भने अन्तर्रा्ष्ट्रिय रुपमा प्रख्यात अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नीलले रेष्लिङ खेल्ने छन् । खेलमा रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने बताएका छन् । अन्तर्रा्ष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरु पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर केसी र प्रदिप पाण्डेले संचालन गर्ने छन् । प्रतियोगिताको कमेन्टेटरमा नेपालका प्रशिद्घ ¥यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्सको जोडी रहनेछ भने उदघोषण कलाकार कबिता गेलाल शर्माले गर्ने छन । खेलका लागि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद र जिल्ला खेलकुद विकास समितीले पनि सघाएको छ । तस्वीर- भुपेन्द्र कुवँरको फेसबुकबाट


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…