
एजेन्सी—एकहप्ताको बीचमा इग्ंलस प्रिमियर लिग लीडर म्यानचेष्टर सिटीको भेटमा आर्सनलले उही पुरानै नजितामा पराजित हुन पुगेको छ । आईतबार राती सिटीसँग काराबाओ कपको फाईनल खेलेको आर्सनलले शुक्रबार बिहान पनि ३—० कै नजिताले पराजित हुन पुग्यो । काराबाओ कपका व्यहोरेको हारको पीडालाई भुल्ने आर्सनलको चाहनामा फेरी सिटीले नुनचुक दलिदियो । जितसँगै सिटी ७५ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यानचेष्टर युनाईटेड भने १६ अंकले पछि पर्दै ५९ अंकमा छ ।
पहिलो हाफमै तीन गोल खाएको आर्सनलले पूर्ण रुपमा दबाव झेल्दै खेल्नुपर्ने बाध्यतामा रह्यो । आधा घण्टाभित्रमा तीन गोल खाएपछि अत्तालिएको आर्सनलले खेलमा फर्किने सम्भवना कतै देखाउन सकेन् । उस्तै नजिता दोहोर्याएको आर्सनल प्रिमियर लिगमा निकै खराब लयमा देखिएको छ । १५ औं मिनेटमा बेनार्डो सिल्भाले गोल गरे । २८ औ. मिनेटमा डेविड सिल्भाले गोल थप्दै सिटीलाई दोब्बर अग्रतामा पुर्याए । ३३ औं मिनेटमा लेरोय सानेले सिटीका लागि अन्तिम गोल गरे । बेनार्डोले सानेको पासलाई सदुपयोग गर्दै पोष्टको माथिल्लो कुनाबाट बल सिधै जालीको सम्पर्कमा पुगेपछि सिटीले खुशीयाली मनाउन शुरु गरेको थियो ।
२० औं मिनेटमा आर्सनलका ग्रनियट जाकाले हानेको बल बचाउ हुन पुग्यो । २३ औं मिनेटमा आरोन राम्सेले हेक्टर बर्लिनको पासमा हानेको प्रहार सिधै गोलकिपरको हातमा पुग्यो । २८ औं मिनेटमा दोस्रो गोल थप्ने क्रममा डेविड सिल्भाले कायले वाकरको पासमा सम्भव बनाउ । सिल्भाले पोष्टको देब्रे कुनाबाट बल भित्र छिरेपछि अग्रता बढ्न पुग्यो । ३३ औं मिनेटमा कायले वाकरकै पासमा सानेले गोल गर्दै सिटीलाई जितको सुनिश्चितता गराए । आर्सनलले पाएको पेनाल्टीलाई समेत सदुपयोग गर्न चुकेपछि हारको पीडा लिनुको विकल्प रहेन ।
५३ औं मिनेटमा निकालस अटामेन्डीले हेनरिक मखितारयानलाई फाउल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीलाई पियरे एमेरिक अबुमायेङको प्रहार सिटीका गोलकिपरले बचाउ गरेपनि आर्सनल पीडामा रुमलियो । ७८ औं मिनेटमा सिटीका स्ट्राइकर सर्जियो अगुईरोले पनि ईके गुण्डोगनको पासमा प्रहार गरेको सट गोलकिपरबाट बचाउ भएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…