
एजेन्सी—पेनाल्टीमा गोल खाँदै बार्सिलोनाले लस पाल्मससँग १—१ को बराबरी खेल्दै अंक बाडेको छ । लिओनेल मेस्सीको गोलबाट अग्रता लिएको बार्सिलोनाको भाग्य ४८ औं मिनेटमा पुगेर खोसियो । पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै पाल्मसले बार्सालाई बराबरीमा रोक्यो । ६६ अंकसहित स्पेनिस ला लिगको शीर्षस्थानमा रहेको बार्साले १८ औं स्थानको पाल्मससँग बराबरी खेल्दै अंक बाड्न बाध्य बन्यो । पाल्मस २० अंकसहित पुछारबाट तेस्रो स्थानमा छ ।
मेस्सीले फ्रिकिकमा गोल गर्दै बार्सालाई अग्रता दिलाए । २१ औं मिनेटमा मेस्सीलाई जिमो नाभारोले फउल गरेपछि फ्रिकिको अवसर पाएको थियो । जुन फ्रिकिकलाई मेस्सीले बायाँ खुट्टाले हानेको हान्दै गोल गरे । फ्रिकिकबाट उनको ३७ औ गोल थियो । १७ औं मिनेटमा माटिस अगुइरेगारेले पाल्मसको लागि जोनाथन कालेरीको पासलाई गुमाउँदा अग्रता लिने अवसरबाट बन्चित भयो ।
२५ औं मिनेटमा पनि एलेन हेलिलोभिचले पाएको फ्रिकिकलाई पनि गोलमा परिणत गर्न भने सकेनन् । ३७ औं मिनेटमा भिन्सेट गोमेजले दिएको पासमा जोनाथन कालेरीले पनि अवसरलाई खेर फाले ।
एकपछि अर्को मुभ बनाईरहेको पाल्मसले ४८ औं मिनेटमा पेनाल्टीको अवसर पायो । लुकास डिग्नेको डिबक्सभित्र ह्याण्ड भएपछि पाएको पेनाल्टीलाई जोनाथन कालेरीले गोल गर्दै बार्सालाई बराबरीमा रोक्यो । पेनाल्टी गोलसँगै पाल्मसलाई बार्साबाट एक अंक खोस्यो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…