पाकिस्तानी खेलाडी हसनलाई एकवर्षको प्रतिबन्ध

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १८ गते २०७४ मा प्रकाशित


एजेन्सी—म्याच फिक्सिङमा संलग्न भएको आरोपमा पाकिस्तानी खेलाडी शाहजेब हसनलाई एक वर्षको प्रतिबन्ध लगाएको छ । पाकिस्तान क्रिकेट बोर्ड(पिसिबी)ले म्याच फिक्सिङमा संलग्न भएको आरोपमा उनलाई एक वर्षको प्रतिबन्ध लगाएको हो । पाकिस्तानमा यतिबेला पाकिस्तान सुपर लिग(पिएसएल) चलिरहेको छ ।

हसनलाई क्रिकेट आचार संहिताको नियम २.४.४ र २.४.५ को उल्लंघन गरेको भन्दै कारवाही गरिएको हो । उनलाई म्याच फिक्सिङ सम्बन्धी जानकारी भएर पनि लुकाएको भन्दै कारवाही गरिएको पिसिबीले जनाएको छ । उनको गतवर्ष पनि म्याच फिक्सिङकै आरोप लागेको थियो । उनलाई दशलाख रुपैयाँ समेत जरिवाना गरिएको छ । उनले पाकिस्तानको लागि तीन वान डे र १० टी—२० खेल खेलिसकेका छन् । वान डेमा ३३.३३ को औसतमा १०० र १० टी—२० मा ११.६० को औसतले ११६ रन बनाएका थिए । उनको टी—२० मा ५० र वान डेमा ३५ रन उनको सर्वाधिक रन रहेको छ । तस्वीर एएफपी