
काठमाडौं(खेलाडी न्युज)—काठमाडौंमा जारी नेपाल सेटलाईट टेलिकम एनभिए कप महिला तफ पुरुष भलिबलको शुक्रबार फाईनल समीकरण पुरा भएको छ । महिला तर्फ उपाधिको लागि शिवम न्यु डायमण्डले शसस्त्र प्रहरी बलसँग प्रतिस्पर्धा गर्ने छ भने पुरुष तर्फ उपाधि भिडन्त भने हेल्प नेपाल र नेपाल आर्मी बीच हुने छ ।
महिला तर्फको पहिलो सेमिफाईनल खेलमा शिवम न्यु डायमण्ड २५—२३, २१—२५, २५—१६, २८—२६ सेटमा नेपाल प्रहरीलाई पराजित गर्दै फाईनलमा स्थान पक्का बनाएको थियो । अर्को सेमिफाईनल प्रतिस्पर्धामा भने शसस्त्र प्रहरी बलले नेपाल आर्मीलाई सोझो सेटमा पन्छायो । आर्मीलाई २५—१२, २५—११ र २५—१९ को सेटले पराजित गर्दै शसस्त्र प्रहरी बल फाईनलमा प्रवेश गरेको हो । दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस क्लब बीच तेस्रो स्थानको लागि खेल्ने छन् ।
पुरुष तर्फको प्रतिस्पर्धामा हेल्प नेपालले नेपाल प्रहरीलाई पाँचौ सेट खेल्दै जित पक्का गरेको थियो । २५—२१, १४—२५, २५—२२, २२—२५, १५—१२ ले जित्दै हेल्प नेपालले फाईनल खेल्ने पक्का बनायो । उता आर्मीले भने शसस्त्र प्रहरीलाई सोझो सेटमै पाखा लगायो । आर्मीले २५—१८, २५—२१, २७—२५ को सेटमा जित्दै फाईनलमा हेल्प नेपालसँग उपाधिको लागि प्रतिस्पर्धा गर्ने निश्चित गर्यो । तेस्रो स्थानको लागि भने दुई विभागीय टोली नेपाल प्रहरी र एपीएफ बीच हुने छ । विजेता महिला तथा पुरुष टोलीले नगद १ लाख ५० हजार, उपविजेताले १—१ लाख रुपैयाँ पाउने छन् । तेस्रो हुने टोलीले नगद ६०—६० हजार र उत्कृष्ठ महिला तथा पुरुष खेलाडीले १५—१५ हजार, बेष्ट स्पाईकर, डिफेन्डर, सेटर, ब्लकर र सर्भरलाई ५—५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक एवं नेपाल भलिबल संघका बरिष्ठ उपाध्यक्ष यामबहादुरले जानकारी दिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…