
एजेन्सी—पाकिस्तानमा हुने एशिया इमर्जिङ नेन्सन कपमा सहभागिताको लागि भारतीय क्रिकेट टोली पठाउन अस्वीकार गरेको छ । यसले गर्दा प्रतियोगिता आयोजनामा गम्भीर प्रश्न उठेको छ । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इण्डिया(बिसिसिआई)ले पाकिस्तानमा भारतीय टिम पठाउन अस्वीकार गरेको हो ।
भारतीय टीम पाकिस्तानमा आउन अस्वीकार गरेपछि पाकिस्तान क्रिकेट बोर्डले एशिया इमर्जिङ नेन्सन कपको आयोजना श्रींलका अथवा बंगलादेशमा आयोजना गर्ने तर्क अघि सारेको छ । आगामी अप्रिलमा हुने प्रतियोगिताको लागि सबै देशको सहमति जुटेपनि पछिल्लो समय आएर भारतले अस्वीकार गरेको थियो ।
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठ्ठीले एशियन क्रिकेट काउन्सिल(एसिसी)का प्रमुखसँग छलफल गर्दै श्रीलंकामा काउन्सिलको बैठक बस्ने र आगाामी सेप्टेम्बरमा भारतमा आयोजना हुने एशिया कपको बारेमा समेत अन्तिम निर्णय लिईने बताए । उनका अनुसार भारतमा हुने एशिया कपमा समेत पाकिस्तानको सहभागिता केही शर्त हुन सक्ने सम्भावना देखिन्छ ।
सन २००८ मा मुम्बईमा भएको हमलापपिछ भारतले पाकिस्तानसँग खेल्न अस्वीकार गर्दै आएको थियो । त्यतिमात्रै नभई पाकिस्तानमा आयोजना भएका प्रतियोगितामा समेत भारतले उपस्थिति नजनाउदैं आएको छ । पिसिबीका अध्यक्ष सेठ्ठीले अप्रिलमा भारतको कोलकोत्तामा हुने आईसिसीको बोर्ड बैठकमा उपस्थिति हुन भिषाको व्यवस्था गरेमात्रै उपस्थित हुन सक्ने संकेत गरे । उनले भने—‘मलाई भारत जान कुनै चासो छैन् । यदी भिषा जारी गरिदिए बैठकमा उपस्थित हुन सक्छु । अन्यथा यसको समस्या आईसिसीले नै समाधान गरोस ।’ फाईल फोटो


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…