सोलुका कुलुङ र डेनमार्ककी लीन बने ट्रेल रेस च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १९ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—पोखरा ट्रेल रेस सिरिजको दोस्रो संस्करणको रानीबन रनको उपाधि सोलुखुम्बुका धावक सुमन कुलुङले जितेका छन् । उनले २० किलोमिटरको दुरीलाई १ घण्टा ३५ मिनेटमा पुरा गर्दै नगद १० हजारसहित पदक प्राप्त गरे । मोरङका याङदेव राई दोस्रो भए । उनले १ घण्टा ३५ मिनेट ५६ सेकेण्डमा दौड पुरा गरेका थिए । प्युठानका रुपलाल बुढामगरले भने १ घण्टा ४० मिनेट २५ सेकेण्ड लगाउँदै तेस्रो स्थानमा चिक्त बुझाए । राईले नगद ५ हजार र तेस्रो भएका बुढामगरले नगद १ हजा ५ सय पाए ।

महिला तर्फको २० किलोमिटर दौड भने विदेशी धाविका नान्ना लीन (डेनमार्क) ले जितिन् । उनले दुरीलाई २ घण्टा ३२ मिनेटमा पुरा गर्दै पदकसहित नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । चीनकी जिङ नीले दोस्रो स्थनमा रहदै नगद पाँचहजासहित पदक लगाउने मौका पाईन् । उनले २ घण्टा ३२ मिनेट ५४ सेकेण्डमा पुरा गरेकी थिईन् । तेस्रो स्थानमा भने नेपाल आर्मीकी दुर्गा तिमिल्सिनाले २ घण्टा ४२ मिनेट ३४ सेकेण्डमा पुरा गरिन् ।

त्यस्तै गरी सात किलोमिटर दौड पुरुष तर्फको (रनफर फन)मा विवेक राईले ४६ मिनेट २ सेकेण्डमा पार गर्दै पदक जिते । हिम्मत विक दोस्रो र अर्जुनकुमार पौडेल तेस्रो भएका छन् । महिला तर्फ भने भगवती विष्ट, ललिता लामिछाने र वेष्टनेत मरिन तेस्रो भईन् । प्रतियोगितामा १३ वर्षिय पोखराका जसिस लामिछाने र नेदरल्याण्डका ६९ वर्षिय धावक जुप टर्वेललाई समेत सम्मान स्वरुप सहभागिताको प्रमाणपत्रसहित पदक प्रदान गरिएको थियो । विजेतालाई कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

ट्रेल रेस पुरा गरेवापत धावकले १ अंक समेत प्राप्त गरे । चार अंक प्राप्त गरेको अवस्थामा ट्रेल रेसको अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउने पाउने पोखरा ट्रेल रेस सिरिजका अध्यक्ष विकास गुरुङले बताए । अन्तिम फाईनल ट्रेल रेसमा सहभागि भई विजेताले नगद एकलाख रुपैयाँ पाउने मात्रै नभई अन्तराष्ट्रिय ट्रेल रेसमा समेत सहभागिता जनाउन पाउने छ । ग्राण्ड फिनाले भने आगामी डिसेम्बर—जनवरीमा कास्की स्याङजा र पर्वतको सीमास्थित धार्मिक पर्यटकीय क्षेत्र पन्चासेमा गरिने समेत आयेजकले जनाएका छन् । ट्रेल रेसको अन्तिम सस्करणमा उपविजेता हुनेले ५० हजार र तेस्रो हुनेले नगद २५ हजारसहित ट्रफीको हकदार हुने छन् ।

शनिबार ड्यामसाईडबाट शुरुभएको रेस १४ सय मिटर उचाईको पुम्दीकोटमा पुगेर पुन ड्यामसाईडमा आई टुंगिएको थियो । ट्रेल रेसमाा १५ विदेशीसहित ६४ जना धावकले २० किलोमिटर दौडमा सहभागिता जनाएका थिए । ७ किलोमिटर दौडमा भने ३८ जना धावक एवं धाविका संलग्न भएका थिए । प्रतियोगितालाई रेडबुलले मुख्य प्रायोजन गरेको थियो ।