
पोखरा(खेलाडी न्युज)—शनिबार पोखरा रंगशालामा पोखरा ११ ले एफसी केन्ट गोर्खा(युके)सँग च्यारिटी फुटबल खेल्यो । च्यारिटी फुटबलमा पोखरा ११ लाई ५—२ गोलले पराजित गर्दै एफसी केन्ट गोर्खा युकेले ट्रफी बेलायत पु¥यायो । विशाल राईले दुई, हेमकर्ण राई, पदम थोङहाङ र मोहन राईले एफसी केन्ट गोर्खा(युके)का लागि गोल गरेका थिए । पोखार ११ भेट्रान्सको तर्फबाट धन गुरुङ र मनकाजी गुरुङले गोल गरेका थिए ।
युकेको जर्सीमा नेपालका पुर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक राजुकाजी शाक्य समेत पोखराको मैदानमा सहभागि थिए । च्यारिटी फुटबल सहारा एकेडेमी सहयोगार्थ खेलिएको थियो । फुटबलबाट संकलित २ लाख १७ हजार रुपैयाँ एकेडेमीलाई हस्तान्तरण गरिएको छ । क्लबका अध्यक्ष केशवबहादुर थापा तथा एकेडेमीका बालकलाई एफसी केन्ट गोर्खा(युके)का अध्यक्ष बुद्धि सुुनुवार तथा संंयोजक चन्द्रबहादुर गुरुङले हस्तान्तरण गरेका थिए ।
पोखरा १७ स्थित दोविल्लास्थित एकेडेमीमा २८ जना बालक आश्रित छन् । उनीहरुलाई व्यवसायिक फुटबलर बनाउने लक्ष्यसहित सहारा क्लबले वर्षेनी आहा रारा गोल्डकपबाट संकलित रकम खर्च गर्दै आएको छ । स्वदेशी तथा विदेशी विभिन्न संघसंस्थाले आर्थिक सहयोग जुटाउँदै आएका छन् । क्लबले एकेडेमीकै लागि दुई करोडको अक्षयकोष समेत स्थापनाको लक्ष्य राखेको छ । जुन लक्ष्य पुरा हुने अवस्थामा छ । च्यारिटी फुटबल विजेता युकेको टोलीलाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अशोक सिंहले ट्रफी प्रदान गरेका थिए । शाक्यलाई क्लबका संस्थापक सचिव पूर्ण गुरुङले मायाको चिनो प्रदान गरे । तस्वीर सुदर्शन रन्जित


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…