एनएसटी एनभिए कपको उपाधि एपीएफ र आर्मीलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १९ गते २०७४ मा प्रकाशित


काठमाडौं(खेलाडी न्युज)—नेपाल सेटलाईट टेलिकम एनभिए कप—२०७४ महिला तर्फका उपाधि शसस्त्र प्रहरी बलले जित्दा पुरुष तर्फको उपाधि भने नेपाल आर्मीले रक्षा ग¥यो ।

शनिबार काठमाडौंमा सम्पन्न महिला तर्फको फाईनलमा एपीएफले शिवम न्यु डायण्डलाई कठिन पाँचै सेट खेल्दै जित आत्मसात ग¥यो । २—२ सेट बराबरी खेल्दै निकै रोचक र प्रतिस्पर्धात्मक बनेको खेलमा अन्तिम सेट एपीएफले लिदैं उपाधि हत्यायो । पहिलो सेट २५—१६ को अवस्थामा लिएको एपीएफले दोस्रो सेट पनि २५—१६ मै लिएर अग्रता लियो । तर तेस्रो र चौथो सेट भने गुमाएपछि उपाधि भिडन्त रोचक बन्न पुग्यो । न्यु डायमण्डले तेस्रो सेट २५—१४ को स्थितिमा लिदैं खेलमा फर्किने संकेत देखायो । चौथो सेट २५—१३ मा लिएर सेट बराबरी खेल्दै उपाधिको लागि अन्तिम सेट भिड्ने बातावरण तय भयो । तर अन्तिम सेट एपीएफले १५—९ को अवस्थामा लिदैं महिला भलिबलमा आफनो एकछत्र राजलाई फेरी कायम राख्दै उपाधि जोगायो । त्यसैगरी तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा नेपाल प्रहरीले नेपाल आर्मीलाई पराजित गर्यो । प्रहरीले आर्मीलाई पराजित गर्न पनि पाँचै सेट कुर्नु पर्यो । २५—२३, २२—२५, २४—२६, २५—१२, १५—१३ मा सेट लिदै पुलिसले तेस्रो स्थानमा चिक्त बुझायो ।

पुरुष तर्फको फाईनल भने नेपाल आर्मीले हेल्प नेपाललाई सोझो सेटमा पराजित गर्दै भलिबलमा विभागीय बर्चस्वलाई कायमै राख्यो । हेल्प नेपाललाई १५—२५, २१—२५, १४—२५ ले पराजित गर्दै आर्मीले उपाधि रक्षा ग¥यो । तेस्रो स्थानमा भने एपीएफ आईपुग्यो । एपीएफले नेपाल प्रहरीको चुनौतिलाई २५—१९— २५—२३ र २५—२३ कै नजिताले पन्छाउँदै तेस्रोको पुरस्कार थाप्यो । प्रतियोगितामा महिला तर्फ उत्कृष्ष्ठ खेलाडी न्यु डायमण्डकी प्रतिभा माली घोषित भईन् । स्पाईकरको पुरस्कार एपीएफकी सरस्वती चौधरी, ब्लकर नेपाल पुलिसकी मनिषा चौधरी, सेटर न्यु डायमण्डकी कृपा अधिकारी, सर्भर एपीएफकी हिरा केसी, डिफेन्डर न्यु डायमण्डकी सलिना श्रेष्ठ र प्रशिक्षक एपीएफका ज्ञानेन्द्र विष्ट घोषित भए ।

त्यसैगरी पुरुष तर्फको उत्कृष्ठबाट नेपाल आर्मीका मानबहादुर श्रेष्ठ घोषित हुदैं पुरस्कृत भए । बेष्ट स्पाईकर हेल्प नेपालका ललित कुमार, सेटर आर्मीका दुर्गाप्रसाद महतो, सर्भर आर्मीकै धनबहादुर भट्ट, डिफेन्डर आर्मीका ईश्वर थापा र ब्लकर हेल्प नेपालका प्रिन्स मल्लिक हुदाँ प्रशिक्षकको पुरस्कार भने आर्मीका कपिलकिशोर श्रेष्ठले पाए । विजेता महिला तथा पुरुष टोलीले नगद १ लाख ५० हजारसहित ट्रफी पाए । उपविजेताले १—१ लाख रुपैयाँ पाउँदा तेस्रो भएको महिला तथा पुरुष टोलीले नगद ६०—६० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ठ महिला तथा पुरुष खेलाडीले १५—१५ हजार, बेष्ट स्पाईकर, डिफेन्डर, सेटर, ब्लकर र सर्भरलाई ५—५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको प्रतियोगिताका संयोजक एवं नेपाल भलिबल संघका बरिष्ठ उपाध्यक्ष यामबहादुरले बताए । विजेता टोलीलाई विभिन्न व्यक्तित्वले नगद, ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।