लिभरपुल जितसँगै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २० गते २०७४ मा प्रकाशित


एजेन्सी—दोस्रो हाफमा दुई गोल गरेपछि लिभरपुलले न्युकासल युनाईटेडलाई पराजित गर्दै प्रिमियर लिगमा शीर्ष चारभित्र रहने सम्भवानालाई जिवितै राखेको छ । उता टोटेनह्यामले पनि हडर्सफिल्डलाई उस्तै नजितामा पराजित गरेपछि दोस्रो स्थानको म्यानचेष्टर युनाईटेडमाथि दबाव सृजना गदैै दोस्रो स्थानमा उक्लिएको छ ।

दक्षिण कोरियन खेलाडी सन ह्युङ मिनले आफनो उत्कृष्ठ खेल पस्किएपछि हडर्सफिल्डमाथि टोटेटह्यामले स्पष्ट तीन लिदैं प्रिमियर लिगको शीर्ष चारभित्र आफुलाई उभ्याउन सम्भावना बढ्दै गएको छ । बलमािथ आफनो पूर्ण नियन्त्रण राखेको टोटेनह्यामका लागि सनले २७ औं र ५४ औं मिनेटमा व्यक्तिगत गोल गर्दै जित सुनिश्चित बनाए । थ्रो बललाई निकै छिटो चलाउँदै डेले अलिले पास दिएपछि सनले पोष्टको तल्लो कुनाबाट बललाई पोष्टभित्र छिराएपछि टोटेनह्यामले अग्रता लियो ।

ह्यारी केनले दिएको पासमा मिनले हानेको हेड गोल गर्दै अग्रतालाई दोब्बर बनाए । ७९ औं मिनेटमा ह्यारी केनले क्रिष्टियन एरिकसेनले मिलाईदिएको क्रसपासलाई कलेक्ट गर्दै हानेपनि पोष्टको फ्रेमभित्र भने पर्न सकेन ।
लिभरपुलले पनि न्युकासल युनाइेटडलाई पराजित गर्दै प्रिमियर लिगमा ६० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको म्यानचेष्टर युनाईटेड भने ५९ अंकमा छ । लिभरपुलका लागि मोहम्मद सलाह र सादियो मानेले गोल गर्दै जित दिलाए । सलाहले ४० औं मिनेट र मानेले ५५ औं मिनेटमा गोलको सम्भव बनाए । सलाहले एलेक्स अक्सालेड चाम्बरलिनको पासमा गोल गर्दै दिलाएको अग्रतामा मानेले रोबर्टो फिरमिनोको पासलाई उपयोग गर्दै गोल हिर्काए ।