
एजेन्सी—चार दिन अघि स्पानियोलसँग पराजित हुदैं स्तब्ध बनेको रियल मड्रिडले रोनाल्डोको प्रेरणादायी खेलमा गेटाफेलाई ३—१ गोलले पराजित गर्दै स्पेनिस ला लिगामा एथलेटिको मड्रिडको पछि पछि लागेको छ । रोनाल्डो विना मैदानमा उत्रिएको खेलमा स्पानियोलसँग रियल १—०ले पराजित भएको थियो । जुन पराजयले प्रशिक्षक जिनेदिन जिदानलाई समेत पीडित बनाएको थियो ।
शनिबार राती गेटाफेलाई पराजित गर्न रोनाल्डो र गारेथ बेलले नायकत्व भूमिका निभाए । गारेथ बेलले खेलको २४ औं मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई रोनाल्डो पहिलो हाफको इन्जुरी समयमा गोल थप्दै अग्रतालाई दोब्बर बनाउँदै पहिलो हाफ टुग्याए । बेलले ईश्कोको पासलाई सदुपयोग गर्दै बायाँ खुट्टाले हानेको सट सिधै जालीको सम्पर्कमा गएपछि रियलले खुशी मनायो ।
रोनाल्डोले पनि पहिलो हाफमै गोल गर्न भने करिम बेन्जिमाको थ्रो बललाई उपयोग गरे । उनले पनि दायाँ खुट्टाले हानेको सट पोष्टभित्र छिरेपछि रोनाल्डोले रियलप्रति आफनो भविष्यलाई अझ उज्वल बनाए । ४७ औं मिनेटमा गेटाफे दश खेलाडीमा सीमित हुन पुग्यो । लोईच रिमेले खराब फउल हिर्काएपछि दोस्रो पहेलो कार्ड पाउँदै मैदान छाड्न विवश भए । दशजनामा सीमित भएको गेटाफेले ६५ औं मिनेटमा पेनाल्टी पायो । पेनाल्टीलाई फ्रान्सिस्को पोर्टिलोले गोल गर्दै २—१ को अवस्थमा पु¥याए ।
तर रियलले दश खेलाडीमा सीमित गेटाफे विरुद्ध दबाव सृजना गरिरह्यो । ७८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै रियलमाथि न्याय गरे । मार्सेलो दिएको कर्नर पासलाई रोनाल्डोले ट्रेडमार्क हेडिङ हान्दै गोल गरे । जितसँगै रियल ५४ अंक सहित तेस्रो स्थानमा छ । एथलेटिको मड्रिड ६१ अंकसहित दोस्रो र वार्सिलोना ६६ अंकसहित शीर्ष स्थानमा छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…