
पोखरा (खेलाडी न्युज)—नेपालले आईसिसीको ओडिआई(वान डे इन्टरनेशनल) को स्टाटस पाईसकेको छैन् । स्टाटस पाउन सुपरसिक्स भित्र आउनुपर्छ । सुपर सिक्ससँगै विश्वकपमा आफनो दरिलो उपस्थिति जनाउन आज नेपालले जिम्बावेसँग विश्वकप छनोटमा पहिलो खेल खेल्दै छ । नेपाली समय अनुसार १ बजेर १५ मिनेटमा शुरु हुने छ ।
सन १९८३ मा जिम्बावेले पहिलो पटक विश्वकप खेलेको थियो । वल्र्डकप क्वालिफायरमा तीन पटक च्याम्पियन बनेको छ । सन १९८२ मा पहिलो, १९८६ र १९९० मा तीन पटक क्वालिफायर च्याम्पियन बनेको इतिहास छ ।
जिम्बावेको ध्यान आज नेपाली व्याट्सम्यान एवं अनुभवी कप्तान पारस खड्का र स्पीनर सन्दीप लामिछानेमाथि हुने छ । सन्दीपको स्पीनमा जिम्बावे व्याट्सम्यानलाई कठिनाई हुने सम्भावना छ । त्यसले पनि जिम्बावेलाई केही असहजको महशुस पक्कै गर्ने छ । युएईसित विश्व क्रिकेट लिग डिभिजन २ मा कप्तान पारस खड्काले शतक पुरा गरेका थिए । त्यसले पनि जिम्बावेका बलर पारसप्रति केन्द्रीत हुने छन् । १७ विकेट लिएका लामिछाने भने उत्कृष्ठ खेलाडी घोषित भएका थिए । उनी आईपिएइल हुदैं क्यारेवियन प्रिमियर लिगमा समेत क्रिस गेलसित खेल्ने छन् । त्यसको व्यवसायिक यात्राले पनि जिम्बावेलाई सन्दीप लामिछाने निकै चुनौति बन्ने सम्भावना देखेका छन् ।
बी समूहमा रहेको नेपालसँग युएई, स्कटल्याण्ड, अफगानिस्तान र हङकङ छन् । अर्को समूहमा आयरल्याण्ड, वेष्ट इण्डिज, पपुवा न्युगिनी र नेदरल्याण्ड छन् । बलिङमा जिम्बावे भन्दा नेपाली बलर उत्कृष्ठ छन् भने व्याट्सम्यानमा जिम्बावे नेपाली भन्दा रनरेटमा रहेको तथ्यांकले देखाएको छ । जिम्बावेको सिकन्दर राजा र बी.आर. एम टेलर व्याट्सम्यान हुन् । उनीहरुले ८४.४० तथा ८३.४१ को औसतमा ३६८ र ३२७ रन हिर्काएका छन् । राजाले दश खेल खेलका छन् भने टेलरले नौ खेलमा उक्त रन जोडेका हुन् । कप्तान पारस खड्काले ९ खेलमा ८०.२७ स्ट्राईकरेटमा २९७ रन बनाएका छन् । अर्का भरपर्दा व्याट्सम्यान शरद भेषवाकर भने ८ खेलका ५७.७२ को स्ट्राइकरेटमा केवल १९८ रन बनाएका छन् । बलर तर्फ सन्दीप लामाछिानेले ९ खेलमा २२ विकेट लिएका छन् । उनको २२.४ को स्ट्राईकमा ३.८९ इकोनोमी छ । सोमपाल कामीले पनि ९ खेल खेल्दै १५ विकेट लिएका छन् । उनको इकोनोमी ४.४८ छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…