
पोखरा(खेलाडी न्युज)—कप्तान पारस खड्काले दोस्रो ओभरमा बलिङ गर्न आउँदै १६ रन दिएपछि जिम्बावेले दुईओभरमै २२ रन बनाएको छ । ओपनरद्वय सेप्हास हुवावो र सोलोमोन मिरे दुवैले चार छक्का र तीन चौका तथा दुई छक्का र चार चौका हिर्काए । सोमपाल कामीले पनि व्यक्तिगत दोस्रो ओभर बलिङ गर्नेक्रममा १६ रन दिए । नो बलमा छक्का दिए । दुई वाईड फाल्दै एकै ओभरमा १७ रन दिएपछि जिम्बावे तीन ओभरको समाप्तीमा ४० रन बनायो ।
पावर प्लेमा नेपाली बलरलाई जिम्बावेले चुटेको छ । बसन्त रेग्मीले आफनो पहिलो ओभरमा ११ रन खर्चिए । उनले पनि हुवावो र मिरे दुवैले चौका प्रहार गरे । सात ओभरको समाप्ती जिम्बावेले ७७ रन बनाएको छ । बसन्तले पनि दुईओभर बलिङ गर्दा २२ रन खर्चिए । आज नेपाली बलर जिम्बावेमाथि कमजोर देखिएका छन् । तेस्रो ओभर बलिङ गरेका बसन्तले सेट हुदैं गएका व्याट्सम्यान हुवाओको विकेट लिए । उनले ४१ रन बनाई पवेलियन फर्किए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…