
पोखरा(खेलाडी न्युज)—बसन्त रेग्मीले जिम्बावेका दुई महत्वपूर्ण विकेट लिए । क्रिजमा सेट हुदैं गएका ओपनर सोलोमोन मिरको विकेट बसन्तले लिदैं नेपाली टोलीलाई केही दबाव मुक्त बनाए । तेस्रो ओभर बलिङ गरेका सन्दीप लामिछानेले सेट हुदैं गएका व्याट्सम्यान हुवाओको विकेट लिए । उनले ४१ रन बनाई पवेलियन फर्किए । बसन्त रेग्मीले हमिल्टन मासाकाज्दालाई १७ रनमा पवेलियन फर्काईसकेका थिए ।
ललित राजवंशीले चार ओभर बलिङ गर्दै २० रन दिए । रेग्मीले चार ओभरमा एक मेडन राखे तर एक विकेट लिनेत्र क्रममा भने ३० रन खर्चिए । ११ ओभरमा नेपालले केवल तीन रन मात्रै दियो । सन्दीप लामिछानेले पनि दुई ओभरमै १८ रन दिन पुगे । बसन्त रेग्मीले सेट अएका अर्का व्याट्सम्यान सोलोमाने मिरको विकेट लिए । उनले ४१ बल खेल्दै ५२ रन बनाए । पाँच चौका र तीन छक्का हिर्काए । जिम्बावे १६ ओभरको समाप्तीमा १२२ रनमा खेलिरहेको छ ।
जिम्बावे सामु नेपाल बलर पावर प्लेमा निकै महंगा सावित भए । कप्तान पारस खड्काले दोस्रो ओभरमा बलिङ गर्न आउँदै १६ रन दिएपछि जिम्बावेले दुईओभरमै २२ रन बनाएको छ । ओपनरद्वय सेप्हास हुवाओ अ र सोलोमोन मिरे दुवैले चार छक्का र तीन चौका तथा दुई छक्का र चार चौका हिर्काए । सोमपाल कामीले पनि व्यक्तिगत दोस्रो ओभर बलिङ गर्नेक्रममा १६ रन दिए । नो बलमा छक्का दिए । दुई वाईड फाल्दै एकै ओभरमा १७ रन दिएपछि जिम्बावे तीन ओभरको समाप्तीमा ४० रन बनायो । पावर प्लेमा नेपाली बलरलाई जिम्बावेले चुटेको छ । बसन्त रेग्मीले आफनो पहिलो ओभरमा ११ रन खर्चिए । उनले पनि हुवाओ र मिरे दुवैले चौका प्रहार गरे । सात ओभरको समाप्ती जिम्बावेले ७७ रन बनाएको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…