
पोखरा(खेलाडी न्युज)—टेष्ट मान्यता प्राप्त देश जिम्बावेसँगको विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपाली बलरको खराब प्रदर्शन रह्यो । लिग डिभिजनमा जस्तो उत्कृष्ठ बलिङको अपेक्षा गरिएपनि प्रभावकारी देखिए । पावर प्लेमै नेपाली बलर निकै महंगा सावित हुन पुगे । ७ ओभरकै समाप्तीमा जिम्बावेले ७७ रन बनाउँदै खेलेको थियो । पेस र स्पीन दुवै बलरलाई विकेट लिन निकै कठिनाई हुन पुग्यो । यद्यपी सन्दीप लामिछानेले ओपनर सेप्हास हुवाओलाई एलबी डब्लुको धरापमा पार्दै पहिलो विकेट लिए । ४१ रन बनाएर जमिरहेका उनी स्पीनमा घुमे । उनले चार छक्का र तीन चौका भने केवल २३ बलमा हिर्काएका थिए ।
बसन्त रेग्मीले जिम्बावेका दुई महत्वपूर्ण विकेट लिए । क्रिजमा सेट हुदैं गएका ओपनर सोलोमोन मिरेको विकेट बसन्तले लिदैं नेपाली टोलीलाई केही दबाव मुक्त बनाए । बसन्त रेग्मीले सेट अएका अर्का व्याट्सम्यान सोलोमाने मिरको विकेट लिए । उनले ४१ बल खेल्दै ५२ रन बनाए । पाँच चौका र तीन छक्का हिर्काए । बसन्त रेग्मीले हमिल्टन मासाकाज्दालाई १७ रनमा पवेलियन फर्काए । ललित राजवंशीले क्राईग एभाईनलाई ३४ रनमा दिलिप नाथको हाथबाट क्याच गराए । जिम्बावेका विकेट विकपर ब्रिनदान टेलरले अर्धशतक पुरा गरे । उनले ५७ बल खेल्दै छ चौका हान्दै ६० रन बनाएका छन् ।
जिम्बावे सामु नेपाल बलर पावर प्लेमा निकै महंगा सावित भए । कप्तान पारस खड्काले दोस्रो ओभरमा बलिङ गर्न आउँदै १६ रन दिएपछि जिम्बावेले दुईओभरमै २२ रन बनाएको छ । ओपनरद्वय सेप्हास हुवाओ अ र सोलोमोन मिरे दुवैले चार छक्का र तीन चौका तथा दुई छक्का र चार चौका हिर्काए । सोमपाल कामीले पनि व्यक्तिगत दोस्रो ओभर बलिङ गर्नेक्रममा १६ रन दिए । नो बलमा छक्का दिए । दुई वाईड फाल्दै एकै ओभरमा १७ रन दिएपछि जिम्बावे तीन ओभरको समाप्तीमा ४० रन बनायो । पावर प्लेमा नेपाली बलरलाई जिम्बावेले चुट्यो । ललित राजवंशीले चार ओभर बलिङ गर्दै २० रन दिए । ११ ओभरमा नेपालले केवल तीन रन मात्रै दियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…