नेपाल विरुद्ध जिम्बावेका दुई व्याट्सम्यानको शतक, लक्ष्य ३८१ रन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २० गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—सिकन्दर राजा र ब्रिन्दन टेलरले शतकीय पारी खेलेपछि नेपालले वान डे म्याचमा सवैभन्दा ठूलो ३८१ रनको लक्ष्यको चुनौति पाएको छ । सिकन्दरले टेलरसँग पाँचौ विकेटको लागि १७३ रनको साँझेदारी गर्दै व्यक्तिगत एकसय २३ रनमा आउट भए । सोमपाल कामीले ४९ ओभरमा २ विकेट लिए । कामीले टेलरलाई पनि सोही ओभरमा आउट गर्दै ह्याट्रिकको अवसर भने चुक्यो । राजाले ६६ बल खेल्दै ९ छक्का र ७ चौका हान्दै उत्कृष्ठ इनिङ खेले । टेलर पनि १ सय रन बनाउने क्रममा एक छक्का र सात चौका हान्दै ९१ बलमा १०० रन पुरा गरे । पाँचौ विकेटको उनीहरुको महत्वपूर्ण साझेदारीले नेपाली बलर निकै दबावमा रहे ।

टेष्ट मान्यता प्राप्त देश जिम्बावेले सन्दीप लामिछानेले ओपनर सेप्हास हुवाओलाई एलबी डब्लुको धरापमा पार्दै पहिलो विकेट लिए । ४१ रन बनाएर जमिरहेका उनी स्पीनमा घुमे । उनले चार छक्का र तीन चौका भने केवल २३ बलमा हिर्काएका थिए । । बसन्त रेग्मीले सेट अएका अर्का व्याट्सम्यान सोलोमाने मिरको विकेट लिए । उनले ४१ बल खेल्दै ५२ रन बनाए । क्रिजमा सेट हुदैं गएका ओपनर सोलोमोन मिरेको विकेट बसन्त रेग्मीले लिदैं नेपाली टोलीलाई केही दबाव मुक्त बनाए । पाँच चौका र तीन छक्का हिर्काए । रेग्मीले हमिल्टन मासाकाज्दालाई १७ रनमा पवेलियन फर्काए । ललित राजवंशीले क्राईग एभाईनलाई ३४ रनमा दिलिप नाथको हातबाट क्याच गराए ।

अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु जनाएका ललित राजवंशीले विकेट लिदैं सुखद बनाए । विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपाली बलरको खराब प्रदर्शन रह्यो । लिग डिभिजनमा जस्तो उत्कृष्ठ बलिङको अपेक्षा गरिएपनि प्रभावकारी देखिए । पावर प्लेमै नेपाली बलर निकै महंगा सावित हुन पुगे । ७ ओभरकै समाप्तीमा जिम्बावेले ७७ रन बनाउँदै गतिलो शुरुवात गरेको जिम्बावेले नेपाल सामु फराकिलो लक्ष्य तेर्सास्यो । पेस र स्पीन दुवै बलरलाई विकेट लिन निकै कठिनाई हुन पुग्यो । यद्यपी बसन्त रेग्मीले जिम्बावेका दुई महत्वपूर्ण विकेट लिए । पारस खड्काले ४७ औं ओभरमा १८ रन दिए ।

जिम्बावे सामु नेपाल बलर पावर प्लेमा निकै महंगा सावित भए । कप्तान पारस खड्काले दोस्रो ओभरमा बलिङ गर्न आउँदै १६ रन दिएपछि जिम्बावेले दुईओभरमै २२ रन बनाएको थियो । ओपनरद्वय सेप्हास हुवाओ अ र सोलोमोन मिरे दुवैले चार छक्का र तीन चौका तथा दुई छक्का र चार चौका हिर्काउँदै दबावमा राखे । सोमपाल कामीले पनि व्यक्तिगत दोस्रो ओभर बलिङ गर्नेक्रममा १६ रन दिए । नो बलमा छक्का दिए । दुई वाईड फाल्दै एकै ओभरमा १७ रन दिएपछि जिम्बावेको रन एकाएक उकासिएको थियो । नेपालले सबैभन्दा कम ११ ओभर केवल तीन रन मात्रै दियो ।