
पोखरा(खेलाडी न्युज)—नेपालले यतिबेला जवाफी व्याटिङ गरिरहेको छ । कप्तान पारस खड्काले व्यक्तिगत ४० रन बनई खेलिरहँदा सिकन्दर राजाको पहिलो ओभरको दोस्रो बलमा आउट भए । दिलिप नाथलाई केवल २ रनमा गुमाएको थियो । कप्तान खड्काले ३७ बल खेल्दै ८ चौका हिर्काएका थिए । नेपालले १७ ओभरमा खेलिरहँदा २ विकेट गुमाई सकेको छ । ओपनर ज्ञानेन्द्र मल्ल १५ रन बनाई क्रिजमा छन् । ३५ बल खेलिसकेका छन् । उनलाई दिपेन्द्रसिंह ऐरीले १० रनमा साथ दिईरहेका छन् । नेपालले ३८१ रनको लक्ष्यको चुनौतिलाई पछ्याईरहेको छ । नेपाल ८१ रनमा खेलिरहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…