जिम्बावे विरुद्ध भेषवाकर र शेखको अर्धशतक, ११६ रनले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २० गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—टेष्ट राष्ट्र जिम्बावे विरुद्ध दुई नेपाली व्याट्सम्यानले अर्धशतक पुरा गरेका छन् । आईतबार विश्वकप छनोट अन्तर्गत नेपाली व्याट्सम्यानले सन्तुलित व्याटिङ गरेका छन् । पुरै ५० ओभर खेल्दै दुई व्याट्सम्यानले अर्धशतक पुरा गरेको लिग डिभिजन २ यता यो पहिलो हो । नेपालले आठ विकेटको क्षतिमा २६४ रनमा समेटिदैं ११६ रनले पराजय व्यहोर्यो ।

शरद भेषवाकरले जिम्बावे विरुद्ध अर्धशतक पुरा गरेका छन् । उनले ४८ बल खेल्दै ६ चौकाको योगदानमा ५२ रन बनाए । आरिफ शेखले पनि ५८ बलमा पाँच चौका हान्दै ५० रन पुरा गरे । कप्तान पारस खड्काले व्यक्तिगत ४० रनमा खेलिरहँदा सिकन्दर राजाको पहिलो ओभरको दोस्रो बलमा आउट भए । दिलिप नाथलाई केवल २ रनमा गुमाएको थियो । कप्तान खड्काले ३७ बल खेल्दै ८ चौका हिर्काएका थिए । दिपेन्द्र सिंह ऐरीले भेषवाकरसँग ७४ रनको साझेदारी गरे। ऐरीले २३ रनमा साथ दिईरहेका थिए । ज्ञानेन्द्र मल्ल ३२, दिलिप नाथ २, पारस खड्का ४०, दिपेन्द्रसिंह ऐरी २३, शरद भेषवाहकर ५२ रनमा पवेलियन फर्किए । आरिफ शेख ५० र रोहित कुमार पौडेल ३० रनमा पवेलियन फर्किए । सोमपाल र सन्दीप लामिछानेले क्रमस १२ र ७ रनमा नटआउट रहे । बसन्त रेग्मी पनि दुई रनमा आउट भए ।

टस जितेर व्याटिङमा उत्रिएको जिम्बावेका सिकन्दर राजा र ब्रिन्दन टेलरले शतकीय पारी खेलेपछि नेपालले अन्तराष्ट्रिय क्रिकेट (वान डे म्याच)मा सवैभन्दा ठूलो ३८१ रनको लक्ष्यको चुनौति पाएको थियो । सिकन्दरले टेलरसँग पाँचौ विकेटको लागि १७३ रनको साँझेदारी गर्दै व्यक्तिगत एकसय २३ रनमा आउट भए । सोमपाल कामीले ४९ ओभरमा २ विकेट लिए । कामीले टेलरलाई पनि सोही ओभरमा आउट गर्दै ह्याट्रिकको अवसर भने चुक्यो । राजाले ६६ बल खेल्दै ९ छक्का र ७ चौका हान्दै उत्कृष्ठ इनिङ खेले । टेलर पनि १ सय रन बनाउने क्रममा एक छक्का र सात चौका हान्दै ९१ बलमा १०० पुरा गरे । पाँचौ विकेटको उनीहरुको महत्वपूर्ण साझेदारीले नेपाली बलर निकै दबावमा रहे ।

टेष्ट मान्यता प्राप्त देश जिम्बावेले सन्दीप लामिछानेले ओपनर सेप्हास हुवाओलाई एलबी डब्लुको धरापमा पार्दै पहिलो विकेट लिए । ४१ रन बनाएर जमिरहेका उनी स्पीनमा घुमे । उनले चार छक्का र तीन चौका भने केवल २३ बलमा हिर्काएका थिए । । बसन्त रेग्मीले सेट भएका अर्का व्याट्सम्यान सोलोमाने मिरको विकेट लिए । उनले ४१ बल खेल्दै ५२ रन बनाए । क्रिजमा सेट हुदैं गएका ओपनर सोलोमोन मिरेको विकेट बसन्त रेग्मीले लिदैं नेपाली टोलीलाई केही दबाव मुक्त बनाए । पाँच चौका र तीन छक्का हिर्काए । रेग्मीले हमिल्टन मासाकाज्दालाई १७ रनमा पवेलियन फर्काए । ललित राजवंशीले क्राईग एभाईनलाई ३४ रनमा दिलिप नाथको हातबाट क्याच गराए । अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु जनाएका ललित राजवंशीले विकेट लिदैं सुखद बनाए । विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपाली बलरको खराब प्रदर्शन रह्यो । पावर प्लेमै नेपाली बलर निकै महंगा सावित हुन पुगे ।