
एजेन्सी—लियोनेल मेस्सीले करियरको ६०० औं गोल गर्दा स्पेनिस ला लिगामा ८ अंकको अग्रता लिएको छ । एथलेटिको मड्रिडलाई १—०ले पराजित गर्दै ला लिगमा शीर्षस्थानमा यथावत रहदै उपाधि निकट पुगेको छ । मेस्सीले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै गोल गरेपछि बार्साले गोलको खुशीयालीसँगै ८ अंकको अग्रतालाई जोगाई राख्यो ।
बार्सा ६९ अंकसहित शीर्ष स्थानमा छ । एथलेटिको मड्रिड भने ६१ अंकसहित दोस्रो र रियल मड्रिड भने ५४ अंकसहित तेस्रो स्थानमा छ । २६ औं मिनेटमा थोमस पार्टेले फउल हानेपछि पाएको फ्रिकिको अवसरलाई मेस्सीले गोल गर्न कुनै गल्ती गरेनन् । उनको प्रहार पोष्टको दायाँ तर्फको कुनाबाट बल भित्र छिरेको थियो । ला लिगमा अब केवल ११ खेल बाँकी छन् ।
इग्ंिलस प्रिमियर लिग—उता इग्ंिलस प्रिमियर लिगमा भने लिग लीडर म्यानचेष्टर सिटीले चेल्सीमाथि १—० को जित निकाल्दै फराकिलो अंकको किर्तिमानसहित लिग च्याम्पियन बन्ने सम्भावना प्रबल बनाएको छ । सिटी ७८ अंकसहित शीर्षस्थानमा छ ।
सिटीले दोस्रो स्थानको लिभरपुल भन्दा १८ अंकको फरक छ । ६० अंकसहित लिभरपुल दोस्रो स्थानमा र म्यानचेष्टर युनाईटेड ५९ अंकसहित तेस्रो स्थानमा छ । टोटेनह्याम हट्सपर ५८ अंकसहित चौथो र चेल्सी ५३ सहित पाँचौमा रहदाँ आर्सनल भने ४५ अंकसहित छैटौं स्थानमा छ । आर्सनल शीर्ष चारभित्र पर्ने सम्भावना कमजोर बन्दै गएको छ । गएराती समेत ब्रिङटन एण्ड होभ अलवियोनसँग २—१ ले पराजित हुन पुग्यो ।
चेल्सी दोस्रो हाफको पहिलो मिनेटमा स्तब्ध हुन पुग्यो । ४६ औं मिनेटमा डेभिड सिल्भाले मिलाईदिएको पासलाई बर्नार्डो सिल्भाले हानेको प्रहार सिधै पोष्टभित्र छिरेपछि लिग लिगर सिटीले स्पष्ट जितसँगै अंकको दुरीलाई पनि बढायो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…