बीस वर्षपछि जिदान फ्रान्स फर्किदैं

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २१ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—सन १९९८ मा फ्रान्सले विश्वकप(फुटबल) जित्यो । विश्वकप जिताउने १० नम्बर जर्सीमा उत्रिने जिनेदिनको महत्वपूर्ण भूमिका रह्यो । हेडिङ मार्फत गरेको दुई गोलले विश्वकप जिताउने उनलाई फ्रान्समा मात्रै चर्चित खेलाडीको रुपमा विश्व फुटबलले चिन्यो । फ्रान्स छोडेको पनि २० वर्ष वित्यो । २० वर्षपछि जिदान फ्रान्स फर्किदैं छन् । तर उनी फ्रान्समा आफैले प्रशिक्षकत्व गराएको स्पेनिस टोली रियल मड्रिडलाई लिएर जादै छन् । उनले मार्च ६ मा च्याम्पियन लिग अन्तर्गतको दोस्रो लेग पेरिस सेन्ट जर्मेनसँग खेल्ने छन् । पहिलो लेग स्पेनमा रियलको घरेलु मैदान बेर्नबेउमा ३—१ ले जित्दै अन्तिम आठको सम्भावनालाई निकै बलियो बनाएको थियो । यद्यपी दोस्रो लेग भने दुईदिनपछि पिएसजीको मैदानमा हुने छ ।

उनी फ्रान्समा मनपर्ने खेलाडीको सूचीमा छन् नकि केवल १९९८ को वल्र्डकप जितेको कारणले मात्रै । आधनिक फ्रान्सेली स्पोर्टस हिरो जिदान भने आप्रावासी हुन् । पिता अल्जेरियाबाट १९५० को दशकमा फ्रान्स बसाईसराई गरेका हुन् । फ्रान्समा उनी जहाँ विश्वकप फाईनलमा खेलेका थिए । त्यही मैदानमा उनी फर्किने छन् । तर खेलाडीको रुपमा नभई प्रशिक्षकको रुपमा । सन २००० मा जिदानले युरो कप जिताएपछि उनलाई फ्रान्सेली नागरिकले महान खेलाडीको सूचीमा दर्याए । विश्वकप जित्दा उनी २६ वर्षका थिए । सन २००६ को विश्वकपको फाईनलमा उनले करियरको १४ औं रातो कार्ड खाएका थिए ।

उनै जिदान अहिले स्पेनमा छन् । इटालीको युभेन्ट्सबाट व्यवसायिक फुटबल हुदैं रियल मड्रिडबाट व्यवसायिक फुटबल खेलेका थिए । रियल मड्रिडबाटै फुटबल करियर अन्त्य गरेका जिदान रियलको सहायक प्रशिक्षक बन्दै अहिले प्रमुख प्रशिक्षकमा नियुक्त भएका हुन् । उनकै नेतृत्वमा स्पेनिस ला लिगा र चयाम्पिन्स लिग समेत जिताएका छन् ।

photo file