
झापा(खेलाडी न्युज)—एपीएफलाई पराजित गर्दै रुस्लान थ्री स्टारले झापा गोल्डकपमा केही दिन अघि विकास रनिङशिल्डमा भोगेको हारको पीडालाई शक्तिमा बदलेको छ । उस्तै नजितामा एपीएफसँग पराजित हुदैं उपविजेता चिक्त बुझाएको रुस्लान थ्री स्टारले एपीएफलाई १—०कै नजितमा हराउँदै अन्तिम चारमा आफनो स्थान सुरक्षित गर्यो । थ्री स्टारको जितमा अजायी मार्टिन्सको गोल निर्णायक भएको थियो ।
मार्टिन्सले दोस्रो हाफको १२ औं मिनेट(खेलको ५७ औं मिनेट)मा गोल गर्दै दिलाएको अग्रता सेमिफाईनल पुग्ने ढोका उघारियो । गोलकिपरले बचाउ क्रममा लडेपछि भलि हिर्काउँदै बललाई पोष्टभित्र छिराउँदै जालीको सम्पर्कमा पुर्याए । उनको गोलमा थ्री स्टारले सेमिफाईनलको यात्रा तय गर्यो । गोलको अवसर भने सुनिल बलले क्रस पास मिलाईदिएका थिए । थ्री स्टारले पनि एपीएफको केही महत्वपूर्ण अवसरलाई बचायो ।
२४ औं मिनेटमा हरि कार्कीले प्रहारलाई थ्री स्टारका गोलकिपरले गोललाईनबाट जोगाउँदै थ्री स्टारलाई गोलको दबावबाट मुक्त बनाए । खेलमा म्यान अफ दि म्याच बनेका मार्टिन्सले नगद २५ हजार रुपैयाँ पाए । मोफसलकै सर्वाधिक पुरस्कार राशीको गोल्डकपको विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाउने छ । मंगलबार गोल्डकपको अर्को क्र्वाटरफाईनलमा मनाङमस्र्याङ्दीले सहारा क्लबसित खेल्ने छ । फोटो फाईल


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…