
एजेन्सी—दुई गोलले पछि परेको म्यानचेष्टर युनाईटेड दोस्रो हाफमा उत्कृष्ठ कमव्याक गर्दै नजिता उल्ट्याउन सफल भएको छ । गएराती भएको खेलमा क्रिष्टियल प्यालेससँग दोस्रो हाफमा लय समाप्तै ३—२ को जित निकाल्दै इंग्लिस प्रिमियर लिगमा शीर्ष चारभित्र टुग्याउने योजना लगभग निश्चित जस्तै देखिएको छ ।
पहिलो हाफमै दुई गोलले पछि परेको युनाईटेडले दोस्रोहाफमा तीन गोल गरेको थियो । खेलको इन्जुरी समयमा नेमन्जा मटिचले हानेको गोल निर्णायक बन्दै युनाईटेडको जित सुनिश्चितासँगै तीनअंक बटुल्यो । ११ औं मिनेटमा एन्ड्रोस टाउनसेन्डले गोल गर्दै प्यालेसलाई अग्रता दिलाए । क्रिष्टियन बेन्टिकेले दिएको पासमा पोष्टको दायाँतर्फको माथिल्लो भागबाट बल भित्र छिर्दै प्यालेसले युनाईटेडमाथि दबाव दिन शुरु गर्यो । पहिलो गोलको सामना गरेको युनाईटेडले दोस्रो गोल भने ४८ औं मिनेटमा सम्भव गर्दै थप दबाव कायमै राख्यो । जेफ्रे स्चलुपले दिएको पासमा प्याट्रिक भान एनाहोल्टले हानेको प्रहार सिधै पोष्टभित्र छिरेको थियो ।
खेलका एकपछि अर्को गोलको दबाव महशुस गरेको युनाईटेडले ५५ औं मिनेटमा गोल गर्दै खेलमा फर्किने संकेत गर्यो । एन्टोनियो भ्यालेन्सियाले दिएको पासमा क्रिस स्मालिङले हानेको हेडिङ गोलमा परिणत भएपछि दबावरहित देखियो । ७६ औं मिनेटमा रोमेलु लुकाकुले व्यक्तिगत गोल गर्दै युनाईटेडलाई बराबरी गरे । डिबक्स बाहिरबाट हानेको प्रहार सिधै पोष्टभित्र छिरेपछि युनाईटेड प्यालेसमाथि दबाव राख्न पुग्यो । नब्बे प्लस एक मिनेटमा नेमन्जा माटिचले गोल गर्दै युनाईटेडको जित सुनिश्चित गरिदिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…