
पोखरा(खेलाडी न्युज)—पोखरामा आउँदो बैशाख तेस्रो साता राष्ट्रिय महिला कुस्ती प्रतियोगिता आयोजना हुदैं छ । नेपाल कुस्ती संघले पहिलो पटक पोखरामा राष्ट्रिय कुस्ती प्रतियोगिता गर्ने आवश्यक तयारी गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । प्रतियोगिता बैशाख २१ र २२ गते पोखरा रंगशालामा हुने छ ।
विभिन्न ८ तौल समूहमा प्रतिस्पर्धा गराईने छ । ५३, ५५, ५८, ६०, ६३, ६५, ६९ र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गराईन पत्रकार सम्मेलनमा जानकारी गराईयो । प्रतियोगितामा विभागीय र विभिन्न २० जिल्लाका ७० जना खेलाडीहरुले सहभागिता जनाउने संघका अध्यक्ष नारायणा राणाले बताए । ३० प्रशिक्षक र १५ जना निर्णायकहरुको समेत उपस्थिति रहने छ । खेलाडीहरु आठ स्वर्ण, आठ रजत र १६ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
नेपालकै खेलकुद इतिहासमा यो पहिलो प्रतियोगिता हुने समेत संघले जनाएको छ । कुस्ती २०३८ सालमा आयोजित पहिलो राष्ट्रिय खेलकुदमा समावेश गरिएको थियो । दक्षिण एशियामा १९८४ र ओलम्पिकका भने १९६४ देखि नै समावेश गरिदैं आएको इतिहास छ । २०४४ सालमा स्थापित संघले महिला कुस्ती गर्न पाउनु गर्विलो भएपनि चुनौति रहेको स्पष्ट पारे । नेपाली सस्कृतिमा एमेच्योर कुस्ती खेल सञ्चालन आफैंमा चुनौतिको विषय भएको संघको ठम्याई छ । यद्यपी प्रतियोगिताले नेपाली खेलकुद क्षेत्रमा नयाँ आयाम हुने विश्वास समेत व्यक्त गरिएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…