
पोखरा(खेलाडी न्युज)—टाईब्रेकरमा सहाराको भाग्य खोसिदा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले झापा गोल्डकपको सेमिफाईनल पक्का गरेको छ । निर्धारित समयमा गोलरहित खेल्दै मोसफलको प्रतिष्ठान जोगाएको सहारा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँग टाईब्रेकरमा ४—३ गोल पराजित हुदैं पोखरा फर्किन बाध्य बन्यो ।
सहाराका कप्तान मानबहादुर तामाङले पेनाल्टीलाई मनाङका गोलकिपरले बचाएपछि दबावमा रहेको सहाराका अर्का खेलाडी भिषण गुरुङले पनि प्रहारले बाहिर फालेपछि पोखराको टोली मंगलबार साँझ फर्किनुपर्ने विडम्बना निम्तियो । अघिकांश समय बलमाथि नियन्त्रण राखेर केही राम्रा अवसर बनाएको राष्ट्रिय खेलाडीले सुसज्जित मनाङले एकपछि अर्को गर्दै गुमाउन पुगेपछि निर्णय टाईब्रेकरमा पुग्यो । टाइब्रेकरमा सहाराका विजय श्रेष्ठ, सन्दिप पौडेल, र विश्व अधिकारीले मात्रै गोल गरे । मनाङका सुजल श्रेष्ठ, विमल बस्नेत, अन्जन विष्ट, डोना थापाले गोल गरेपछि सेमिफाईनल यात्रा तय गरेको थियो । पहिलो हाफ र दोस्रो हाफमा सहाराका गोलकिपर निकै व्यस्त बने । एकपछि अर्को प्रहारलाई बचाउन आतुर देखिएपनि फ्रेम भित्र भने बल कमै मात्र परेको थियो । मनाङका अन्जनले खेलको म्यान अफ दि म्याचको पुरस्कार थापे । बुधबार भने आयोजक रमपम झापा ११ ले सिक्किम युनाईटेडसित खेल्ने छ ।
आयोजक झापाले ७ खेलाडीलाई व्यवसायिक रुपमा अनुबन्धन गर्ने जनाएको छ । कास्की जिल्ला फुटबल संघले पनि आफनै टोली बनाउने निर्णय गर्दै खेलाडी अनुबन्धन गर्ने जनाएका थिए । झापाले पनि विभिन्न कर्पोरेट हाउसले सात खेलाडीलाई मासिक २५ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने शर्तमा सहमति गरिएको छ । विर्तामोडको सहारा अटोमोवाईल्सले डिफेन्डर देवेन्द्र तामाङ र निगाले सिमेन्टले योगेश गुरुङलाई झापा ११ मा अनुबन्धन गरेको हो । कनकाई फाउण्डेन, कन्काई नगरपालिका, प्रदीप ईटा उद्योग, होटल हिकोला हेरिटेज र मनसा सिमेन्टले एक—एक खेलाडी अनुबन्धन गर्ने सहमति गरेको झापा गोल्डकप आयोजक समितिका संयोजक महेन्द्र गिरीले बताए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…