
पोखरा(खेलाडी न्युज)—भोलि मार्च ८, नेपालले विश्वकप क्रिकेट छनोट अन्तर्गत स्कटल्याण्डसँग दोस्रो खेल खेल्दै छ । तीन वर्ष अघि स्कटल्याण्डसँग भोगेको पराजयको बदला लिने अवसर समेत नेपालले पाएको छ ।
सन २०१५ मा आईसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल स्कटल्याण्डसँग ३ रनले नमिठो पराजय व्यहोरेको इतिहास छ । त्यो इतिहासलाई भोलि नेपाली खेलाडीले उल्ट्याउने आशा र विश्वास धेरै क्रिकेट प्रेमीले लिएका छन् । २३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल केवल पाँच विकेटको क्षतिमा २३२ रनमै समेटिएर तीन रनले हार स्वीकारेको आईसिसीको तथ्यांकले देखाउँछ । त्यतिबेला नेपाल विरुद्ध प्रिस्टन मोम्सेन्सले ७८ र कन डि ल्याङ्गेजले ५५ रन नटआउट हिर्काएका थिए ।
तीन वर्षपछि विश्वकप छनोट अन्तर्गत उही स्कटल्याण्डसँग जिम्बावेमा भिड्दै छ । जिम्बावेसँग ११६ रनले पराजित भएको नेपालले निकै सुधारिएको व्याटिङ गरेको थियो । अफगानिस्तान समेत जिम्बावेसँग दोस्रो खेल खेल्दै २ रनले हारिसकेको अवस्थामा नेपालको लागि भने स्कटल्याण्डसँगको खेल निकै महत्वपूर्ण छ । स्कटल्याण्डलाई पराजित गर्न सकेको अवस्थामा नेपालले सुपरसिक्सको सम्भावना बलियो बनाउन सक्ने छ ।
नेपाल स्कटल्याण्डसँग ८ मार्चमा प्रतिस्पर्धा गर्ने छ । स्कटल्याण्ड पनि विश्वकपको अनुभवी टोली हो । स्कटल्याण्डले सन १९९९ मा वल्र्डकप खेलेको छ । पाँच पटक विश्वकप छनोटमा सहभागिता जनाई सन २००५ र २०१४ मा छनोट च्याम्पियन समेत भईसकेको छ । १९९४ मा आईसिसीको स्कटल्याण्डलाई एकदिवसीय बरियता र टी —२० को स्टाटस पाएको थियो । ७ मे १८४९ मा इग्ल्याण्ड ११ सँग पहिलो अन्तराष्ट्रिय खेल समेत खेलेको थियो । तस्वीर फाईल


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…