
पोखरा(खेलाडी न्युज)—विश्वकप छनोट अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग पहिलो व्याटिङ गर्न शुरु गरेको छ । ज्ञानेन्द्र मल्ला र दिलिप नाथले पुरानै व्याटिङ लाईनअपमा रहदैै ओपनिङ शुरु गरेका छन् ।
आज नेपालको खेल निकै महत्वपूर्ण छ । जितेको अवस्थामा इतिहास लेखिने छ । सुपर सिक्सको सम्भावना पनि उत्तिकै छ । किनकि दुई खेल अफगानिस्तान पराजित भईसकेको अवस्थाले पनि नेपालको खेल निकै महत्वपूर्ण मानिएको छ । ज्ञानेन्द्र मल्ल १ रनमै पवेलियन फर्किएका छन् । दिलिन नाथ ४ रनमै आउट भएका छन् । अहिले नेपाल दुई विकेटका क्षतिमा खेलिरहेको छ । कप्तान पारस खड्का क्रिजमा छन् ।
स्कटल्याण्ड पनि विश्वकपको अनुभवी टोली हो । स्कटल्याण्डले सन १९९९ मा वल्र्डकप खेलेको छ । पाँच पटक विश्वकप छनोटमा सहभागिता जनाई सन २००५ र २०१४ मा छनोट च्याम्पियन समेत भईसकेको छ । १९९४ मा आईसिसीको स्कटल्याण्डलाई एकदिवसीय बरियता र टी —२० को स्टाटस पाएको थियो । ७ मे १८४९ मा इग्ल्याण्ड ११ सँग पहिलो अन्तराष्ट्रिय खेल समेत खेलेको थियो ।
सन २०१५ मा आईसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल स्कटल्याण्डसँग ३ रनले नमिठो पराजय व्यहोरेको इतिहास छ । त्यो इतिहासलाई भोलि नेपाली खेलाडीले उल्ट्याउने आशा र विश्वास धेरै क्रिकेट प्रेमीले लिएका छन् । २३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल केवल पाँच विकेटको क्षतिमा २३२ रनमै समेटिएर तीन रनले हार स्वीकारेको आईसिसीको तथ्यांकले देखाउँछ । त्यतिबेला नेपाल विरुद्ध प्रिस्टन मोम्सेन्सले ७८ र कन डि ल्याङ्गेजले ५५ रन नटआउट हिर्काएका थिए । तीन वर्षपछि विश्वकप छनोट अन्तर्गत उही स्कटल्याण्डसँग जिम्बावेमा भिड्दै छ । जिम्बावेसँग ११६ रनले पराजित भएको नेपालले निकै सुधारिएको व्याटिङ गरेको थियो । अफगानिस्तान समेत जिम्बावेसँग दोस्रो खेल खेल्दै २ रनले हारिसकेको अवस्थामा नेपालको लागि भने स्कटल्याण्डसँगको खेल निकै महत्वपूर्ण छ । स्कटल्याण्डलाई पराजित गर्न सकेको अवस्थामा नेपालले सुपरसिक्सको सम्भावना बलियो बनाउन सक्ने छ ।
रनमै


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…