नेपाल व्याटिङ गर्दै, १४ रनमा तीन विकेट गुमायो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २४ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—विश्वकप छनोट अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग तीन ओभरमा दुई विकेट गुमाई सकेको छ । ओपनरद्वय ज्ञानेन्द्र मल्ल र दिलिन नाथलाई सस्तैमा पवेलियन फर्किएको बाध्य बन्यो । ज्ञानेन्द्र मल्ल एक रनमा र दिलिप नाथलाई चार रनमै गुमाउन पुग्यो । दिपेन्द्रसिंह ऐरीलाई पनि नेपाललाई सस्तैमा गुमाएका छ । पाँचौ ओभरमा नेपालले १४ रन बनाई खेलिरहँदा तीन विकेट गुमाउन पुग्यो ।

आज नेपालको खेल निकै महत्वपूर्ण छ । जितेको अवस्थामा इतिहास लेखिने छ । सुपर सिक्सको सम्भावना पनि उत्तिकै छ । किनकि दुई खेल अफगानिस्तान पराजित भईसकेको अवस्थाले पनि नेपालको खेल निकै महत्वपूर्ण मानिएको छ । स्कटल्याण्ड पनि विश्वकपको अनुभवी टोली हो । स्कटल्याण्डले सन १९९९ मा वल्र्डकप खेलेको छ । पाँच पटक विश्वकप छनोटमा सहभागिता जनाई सन २००५ र २०१४ मा छनोट च्याम्पियन समेत भईसकेको छ । १९९४ मा आईसिसीको स्कटल्याण्डलाई एकदिवसीय बरियता र टी —२० को स्टाटस पाएको थियो । ७ मे १८४९ मा इग्ल्याण्ड ११ सँग पहिलो अन्तराष्ट्रिय खेल समेत खेलेको थियो ।

सन २०१५ मा आईसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल स्कटल्याण्डसँग ३ रनले नमिठो पराजय व्यहोरेको इतिहास छ । त्यो इतिहासलाई भोलि नेपाली खेलाडीले उल्ट्याउने आशा र विश्वास धेरै क्रिकेट प्रेमीले लिएका छन् । २३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल केवल पाँच विकेटको क्षतिमा २३२ रनमै समेटिएर तीन रनले हार स्वीकारेको आईसिसीको तथ्यांकले देखाउँछ । त्यतिबेला नेपाल विरुद्ध प्रिस्टन मोम्सेन्सले ७८ र कन डि ल्याङ्गेजले ५५ रन नटआउट हिर्काएका थिए । तीन वर्षपछि विश्वकप छनोट अन्तर्गत उही स्कटल्याण्डसँग जिम्बावेमा भिड्दै छ । जिम्बावेसँग ११६ रनले पराजित भएको नेपालले निकै सुधारिएको व्याटिङ गरेको थियो ।