
पोखरा(खेलाडी न्युज)—विश्वकप छनोट अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग ४ गुमाई सकेको छ । ओपनरद्वय ज्ञानेन्द्र मल्ल र दिलिन नाथलाई सस्तैमा पवेलियन फर्किएको बाध्य बन्यो । ज्ञानेन्द्र मल्ल एक रनमा र दिलिप नाथलाई चार रनमै गुमाउन पुग्यो । दिपेन्द्रसिंह ऐरीलाई पनि नेपाललाई सस्तैमा गुमाएका छ । पाँचौ ओभरमा नेपालले १४ रन बनाई खेलिरहँदा तीन विकेट गुमाउन पुग्यो । शरद भेषवाकरलाई पनि नेपालले शून्यमै पवेलियनको बाटो लिए । अहिले पारस खड्काले १५ रनमा र अरिफ शेख १ रनमा खेलिरहेका छन् ।
आज नेपालको खेल निकै महत्वपूर्ण छ । जितेको अवस्थामा इतिहास लेखिने छ । सुपर सिक्सको सम्भावना पनि उत्तिकै छ । किनकि दुई खेल अफगानिस्तान पराजित भईसकेको अवस्थाले पनि नेपालको खेल निकै महत्वपूर्ण मानिएको छ । स्कटल्याण्ड पनि विश्वकपको अनुभवी टोली हो । स्कटल्याण्डले सन १९९९ मा वल्र्डकप खेलेको छ । पाँच पटक विश्वकप छनोटमा सहभागिता जनाई सन २००५ र २०१४ मा छनोट च्याम्पियन समेत भईसकेको छ । १९९४ मा आईसिसीको स्कटल्याण्डलाई एकदिवसीय बरियता र टी —२० को स्टाटस पाएको थियो । ७ मे १८४९ मा इग्ल्याण्ड ११ सँग पहिलो अन्तराष्ट्रिय खेल समेत खेलेको थियो । सन २०१५ मा आईसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल स्कटल्याण्डसँग ३ रनले नमिठो पराजय व्यहोरेको इतिहास छ । त्यो इतिहासलाई भोलि नेपाली खेलाडीले उल्ट्याउने आशा र विश्वास धेरै क्रिकेट प्रेमीले लिएका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…