व्याटिङमा धैर्यताको खाँचो ३९ रनमा पाँच विकेट गुमायो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २४ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—विश्वकप छनोट अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग नौ ओभरको खेल चलिरहँदा पाँच विकेट गुमाईसकेको छ । ओपनरद्वय ज्ञानेन्द्र मल्ल र दिलिन नाथलाई सस्तैमा पवेलियन फर्किएको बाध्य बन्यो । ज्ञानेन्द्र मल्ल एक रनमा र दिलिप नाथलाई चार रनमै गुमाउन पुग्यो । दिपेन्द्रसिंह ऐरीलाई पनि नेपाललाई सस्तैमा गुमाएको छ । शरद भेषवाकरलाई पनि नेपालले शून्यमै पवेलियनको बाटो लिए । अरिफ शेखलाई पनि नेपालले सस्तैमा गुमाईसकेको छ । अहिले पारस खड्काले ३० रनमा छन् । नेपाली व्याट्सम्यानलाई निकै हतार भईरहेको जस्तो देखिएको छ । धैर्यताको खाँचो छ । केवल नौ ओभर चलिरहँदा महत्वपूर्ण पाँच विकेट गुमाई सकेको छ ।

आज नेपालको खेल निकै महत्वपूर्ण छ । जितेको अवस्थामा इतिहास लेखिने छ । सुपर सिक्सको सम्भावना पनि उत्तिकै छ । किनकि दुई खेल अफगानिस्तान पराजित भईसकेको अवस्थाले पनि नेपालको खेल निकै महत्वपूर्ण मानिएको छ । स्कटल्याण्ड पनि विश्वकपको अनुभवी टोली हो । स्कटल्याण्डले सन १९९९ मा वल्र्डकप खेलेको छ । पाँच पटक विश्वकप छनोटमा सहभागिता जनाई सन २००५ र २०१४ मा छनोट च्याम्पियन समेत भईसकेको छ । १९९४ मा आईसिसीको स्कटल्याण्डलाई एकदिवसीय बरियता र टी —२० को स्टाटस पाएको थियो । ७ मे १८४९ मा इग्ल्याण्ड ११ सँग पहिलो अन्तराष्ट्रिय खेल समेत खेलेको थियो । सन २०१५ मा आईसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल स्कटल्याण्डसँग ३ रनले नमिठो पराजय व्यहोरेको इतिहास छ । त्यो इतिहासलाई भोलि नेपाली खेलाडीले उल्ट्याउने आशा र विश्वास धेरै क्रिकेट प्रेमीले लिएका छन् ।