
पोखरा(खेलाडी न्युज)—टस जितेर व्याटिङ रोजेको नेपालले स्कटल्याण्डलाई १५० रनको लक्ष्य दिएको छ । केवल ४७ ओभर ४ बल खेल्दै नेपाल १४९ रनमा अलआउट हुन पुग्यो ।
कप्तान पारस खड्काले ६३ रनमा आउट भए । उनले ६८ बल खेल्दै आठ चौका हान्दै आफनो अर्धशतक पुरा गरेका थिए । ७५ बल खेल्दै ८४ को स्ट्राईकरेटमा उनले ६३ रन बनाई नेपालीको रनरेट केही माथि उकासे । बसन्त रेग्मीले पनि २४ रनको महत्वपूर्ण योगदान दिए । सोमपाल कामीले १८ रन बनाई रन आउट भए ।
ज्ञानेन्द्र मल्ल एक रनमा र दिलिप नाथलाई चार रनमै गुमाउन पुग्यो । दिपेन्द्रसिंह ऐरीलाई पनि नेपाललाई सस्तैमा गुमायो । शरद भेषवाकरलाई पनि नेपालले शून्यमै पवेलियनको बाटो लिए । अरिफ शेखलाई पनि नेपालले सस्तैमा गुमाउँदा व्याटिङ फेरी धर्मराउन पुग्यो । नेपाली व्याट्सम्यानलाई निकै हतार भईरहेको जस्तो देखिएको छ । धैर्यताको खाँचो रहेपनि व्याटिङमा सुधारोन्मुख देखिएको छैन् ।सोमपाल कामीले पारस खड्कासँग ४२ रनको साझेदारी गरेका थिए । त्यो नै सबैभन्दा ठूलो नेपालको लागि थियो । सोमपाल भने १८ रन बनाई पारस खड्कालाई साथ दिईरहँदा रन आउटको शिकार भए ।
स्कटल्याण्डका स्टुअर्ट हिटिङघमले ३५ रन खर्चिएर ३ विकेट लिए । सफ्यान सरिफले २१ रनमा २ विकेट र अलाधर इभान्सले २४ रन खर्चिएर २ विकेट लिएका थिए । स्कटल्याण्डले सन १९९९ मा वल्र्डकप खेलेको छ । पाँच पटक विश्वकप छनोटमा सहभागिता जनाई सन २००५ र २०१४ मा छनोट च्याम्पियन समेत भईसकेको छ । १९९४ मा आईसिसीको स्कटल्याण्डलाई एकदिवसीय बरियता र टी —२० को स्टाटस पाएको थियो । ७ मे १८४९ मा इग्ल्याण्ड ११ सँग पहिलो अन्तराष्ट्रिय खेल समेत खेलेको थियो । सन २०१५ मा आईसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल स्कटल्याण्डसँग ३ रनले नमिठो पराजय व्यहोरेको इतिहास छ । file photo


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…