
पोखरा(खेलाडी न्युज)—नेपालले पहिलो विकेटको रुपमा अनिल साहलाई गुमाएको छ । अहिले क्रिजमा कप्तान पारस खड्का आएका छन् । कप्तान पारस खड्कालाई मल्लले साथ दिईरहेका छन् । मल्लले केवल रोकेर खेलिरहेका छन् । कप्तान खड्काले नवौ ओभरमा दुई चौका र एक छक्का हान्दै रनरेट केही माथि उठाए । १० औं ओभरमा नेपाल ३६ रनमा खेलिरहेको छ ।
अफगानिस्तान विरुद्ध नेपालले टस जित्दै व्याटिङ शुरु गरेको हो । आजको खेल दुवैको लागि निकै महत्वपूर्ण छ । यद्यपी नेपालले स्पष्ट जित निकाल्दै सुपर सिक्सको सम्भावनालाई बलियो बनाउनुपर्छ ।
नेपालले वान डेमा अफगानिस्तानलाई पराजित गर्न सकेको भने छैन् । तर उनका भरपर्दा व्याट्सम्यान मोहम्मद शहजादलाई आईसिसीले विश्वकप क्रिकेट छनोटको दुई खेलमा प्रतिबन्ध लगाएको छ । जहाँ नेपाली टोलीले फाईदा लिन सक्नुपर्छ । आज शरद भेषवाकरलाई बेन्चमा राखिएको छ । भने करण केसीलाई टोलीमा समावेश गरिएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…