कप्तान पारसको अर्धशतक, मल्ल विकेट जोगाउँदै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २६ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—नेपालले पहिलो विकेटको रुपमा अनिल साहलाई गुमाएको छ । अहिले क्रिजमा कप्तान पारस खड्का आएका छन् । कप्तान पारस खड्कालाई ज्ञानेन्द्र मल्लले साथ दिईरहेका छन् । मल्लले रोकेर खेलिरहेका छन् । कप्तान खड्काले नवौ ओभरमा दुई चौका र एक छक्का हान्दै रनरेट केही माथि उठाए । ५६ बलमा ८ चौका र १ छक्कासहित ५७ रनमा कप्तान पारस खेलिरहँदा मल्ल भने ५८ बलमा दुई चौकाको मद्दतमा १९ रनमा खेलिरहेका छन् । नेपाल २१२ ओभरमा ८६ रन पुरा गरेको छ ।

अफगानिस्तान विरुद्ध नेपालले टस जित्दै व्याटिङ शुरु गरेको हो । आजको खेल दुवैको लागि निकै महत्वपूर्ण छ । यद्यपी नेपालले स्पष्ट जित निकाल्दै सुपर सिक्सको सम्भावनालाई बलियो बनाउनुपर्छ ।
नेपालले वान डेमा अफगानिस्तानलाई पराजित गर्न सकेको भने छैन् । तर उनका भरपर्दा व्याट्सम्यान मोहम्मद शहजादलाई आईसिसीले विश्वकप क्रिकेट छनोटको दुई खेलमा प्रतिबन्ध लगाएको छ । जहाँ नेपाली टोलीले फाईदा लिन सक्नुपर्छ । आज शरद भेषवाकरलाई बेन्चमा राखिएको छ । भने करण केसीलाई टोलीमा समावेश गरिएको छ ।

अफगानिस्तान क्रिकेटको एकदिवसिय बरियतामा ११ औं स्थानमा छ । टी—२० को बरियता भने नवौंमा रहेको छ । नेपाल र अफगानिस्तान बीच एकापसी परिचित प्रतिस्पर्धी हुन् । नेपालले २०१४ मा अफगानिस्तानलाई टी—२० मा पराजित गरेको थियो । नेपालले दिएको १४१ रनको लक्ष्यलाई अफगानिस्तान १३२ रनमा समेट्दै ९ रनले जितेको थियो ।