
पोखरा(खेलाडी न्युज)—नेपालका ओपनर ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भएका छन् । विकेट जोगाउँदै कप्तान पारस खड्कालाई साथ दिईरहेको अवस्थामा २६.१ ओभरमा ६९ बल खेल्दै आउट भए । नेपालले पहिलो विकेटको रुपमा अनिल साहलाई गुमाएको थियो । क्रिजमा कप्तान पारस खड्का जमिरहेका छन् । कप्तान खड्काले नवौ ओभरमा दुई चौका र एक छक्का हान्दै रनरेट केही माथि उठाए । ७१ बलमा १० चौका र १ छक्कासहित ७५ रनमा कप्तान पारस खेलिरहँदा मल्ल भने आउट हुन पुगे । अहिले व्याटिङमा दिपेन्द्रसिंह ऐरी आएका छन् ।
आजको खेल दुवैको लागि निकै महत्वपूर्ण छ । यद्यपी नेपालले स्पष्ट जित निकाल्दै सुपर सिक्सको सम्भावनालाई बलियो बनाउनुपर्छ । नेपालले वान डेमा अफगानिस्तानलाई पराजित गर्न सकेको भने छैन् । तर उनका भरपर्दा व्याट्सम्यान मोहम्मद शहजादलाई आईसिसीले विश्वकप क्रिकेट छनोटको दुई खेलमा प्रतिबन्ध लगाएको छ । जहाँ नेपाली टोलीले फाईदा लिन सक्नुपर्छ । आज शरद भेषवाकरलाई बेन्चमा राखिएको छ । भने करण केसीलाई टोलीमा समावेश गरिएको छ ।
अफगानिस्तान क्रिकेटको एकदिवसिय बरियतामा ११ औं स्थानमा छ । टी—२० को बरियता भने नवौंमा रहेको छ । नेपाल र अफगानिस्तान बीच एकापसी परिचित प्रतिस्पर्धी हुन् । नेपालले २०१४ मा अफगानिस्तानलाई टी—२० मा पराजित गरेको थियो । नेपालले दिएको १४१ रनको लक्ष्यलाई अफगानिस्तान १३२ रनमा समेट्दै ९ रनले जितेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…