
पोखरा(खेलाडी न्युज)—कप्तान पारस खड्काले कप्तानी जिम्मेवारी सम्हाल्दै नेपालको इनिङ्समा महत्वपूर्ण ७५ रनको योगदान दिदाँ नेपालले अफगानिस्तानलाई १९५ रनको लक्ष्य दिएको छ । उनले ८२ बल खेल्दै ७५ रन जोड्दा १० चौका र एक छक्का हिर्काएका थिए । कप्तान खड्काले नवौ ओभरमा दुई चौका र एक छक्का हान्दै रनरेट उकासे । त्यसपछि केही आक्रामक व्यटिङ गर्दै उत्कृष्ठ इनिङ खेले ।
नेपालका ओपनर ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भए । विकेट जोगाउँदै कप्तान पारस खड्कालाई साथ दिईरहेको अवस्थामा २६.१ ओभरमा ६९ बल खेल्दै पवेलियन फर्किए । नेपालले पहिलो विकेटको रुपमा अनिल साहलाई ७ रनमै गुमाएको थियो । रोहितकुमार पौडेल एक रनमै पवेलियन फर्किए । त्यसैगरी दिपेन्द्रसिंह ऐरीले पाँचौ विकेटको लागि आरिफ शेखसित महत्वपूर्ण साझेदारी गर्दै रन जोडे । दिपेन्द्र सिंह ऐरीले ४१ बलमा ३२ रन जोड्दा ३ चौका र एक छक्का हिर्काए । उनी अफगानी कप्तान रसिद खानको बलमा आउट भए । आरिफले ३४ बलमा २३ रन जोड्ने क्रममा तीन चौका हाने । ४५ औं ओभरमा नेपालले सोमपाल कामी र आरिफ शेखलाई गुमायो । सोमपाल १५ बल खेल्दै ९ रनमा पवेलियन फर्किए ।
आजको खेल दुवैको लागि निकै महत्वपूर्ण छ । नेपालले वान डेमा अफगानिस्तानलाई पराजित गर्न सकेको भने छैन् । तर उनका भरपर्दा व्याट्सम्यान मोहम्मद शहजादलाई आईसिसीले विश्वकप क्रिकेट छनोटको दुई खेलमा प्रतिबन्ध लगाएको छ । जहाँ नेपाली टोलीले फाईदा लिन सक्नुपर्छ । आज शरद भेषवाकरलाई बेन्चमा राखिएको छ । भने करण केसीलाई टोलीमा समावेश गरिएको छ ।
अफगानिस्तान क्रिकेटको एकदिवसिय बरियतामा ११ औं स्थानमा छ । टी—२० को बरियता भने नवौंमा रहेको छ । नेपाल र अफगानिस्तान बीच एकापसी परिचित प्रतिस्पर्धी हुन् । नेपालले २०१४ मा अफगानिस्तानलाई टी—२० मा पराजित गरेको थियो । नेपालले दिएको १४१ रनको लक्ष्यलाई अफगानिस्तान १३२ रनमा समेट्दै ९ रनले जितेको थियो ।
सन २००६ मा आईसिसी ट्रफीमा तेस्रो स्थानको प्ले अफ फाईनलमा नेपाल डकवर्थ लुईस अनुसार ६४ रनले पराजित भएको थियो । त्यस्तै सन २००८ मा आईसिसी डब्लुसिएल डिभिजन ५ सेमिफाईनलमा ३७ रनले पराजित हुन पुग्यो । २००८ कै एसीसी ईलाइट ट्रफीको तेस्रो स्थानको प्रतिस्पर्धामा अफगानिस्तान ३ विकेटले विजयी भएको थियो । २०१० मा पनि एसीसी इलाइट ट्रफी फाईनलमा ९५ रनले विजयी भएको थियो । २०१३ र २०१४ मा दुवै पटक डिएल अनुसार ३ र १०८ रनले पराजित भएको इतिहास छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…