
पोखरा(खेलाडी न्युज)—१९५ रनको लक्ष्य पछ्याईरहेको अफगानिस्तानले दोस्रो विकेट गुमाएको छ । पहिलो विकेटको रुपमा आफना कप्तान रसिद खानलाई गुमाएको थियो । उनी करण केसीको बलमा आउट भएका थिए । उनले २१ रन बनाए । केसीले तेस्रो अोभर बलिङ गर्ने क्रममा एकबल डट खेलेपछि दोस्रो बलमा खान आउट भए । दोस्रो विकेट भने सन्दीप लामिछानेले लिए । जावेद अहमेदीलाई क्याच आउट गरे । जावेद ५४ बल खेल्दै २६ रन जोडेका थिए । दिपेन्द्रसिंह ऐरीले अर्धशतक पुरा गर्न चार रन बाँकी रहदाँ रहमत शाको विकेट लिएका छन् । उनले ७५ बल खेल्दै ४६ रन बनाएका थिए ।
अफगानिस्तान क्रिकेटको एकदिवसिय बरियतामा ११ औं स्थानमा छ । टी—२० को बरियता भने नवौंमा रहेको छ । नेपाल र अफगानिस्तान बीच एकापसी परिचित प्रतिस्पर्धी हुन् । नेपालले २०१४ मा अफगानिस्तानलाई टी—२० मा पराजित गरेको थियो । नेपालले दिएको १४१ रनको लक्ष्यलाई अफगानिस्तान १३२ रनमा समेट्दै ९ रनले जितेको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…