
बुटवल,(खेलाडी न्युज)—तिलोत्तमा गोल्डकपको आज तेस्रो दिन शनिबार छिमेकी जिल्ला नवलपरासीलाई ३—१ गोलको उपहार दिदैं लाली रुपन्देहीले बिदाई गरेको छ । बुटवलको देविनगरस्थित एन्फा एकेडेमीको मैदानमा भएको प्रतिस्पर्धामा नवलपरासीले रुपन्देहीको लालीलाई लाली लगाउन सकेन् । लालीले नवलपरासीलाई बिदाईको लाली लगाईदिदाँ गोल्डकपमा आफनो यात्रा भने सेमिफाईनलको तय गर्यो ।
छिमेकी जिल्ला नवलपरासीले लालीको आक्रमण आधा घण्टा पनि थेग्न सकेन् । अशोक थापाले खेलको २३ औ मिनेटमा नवलपरासीका डिफेन्सलाई छक्याउदै आर्कषक गोल गरेपछि मानसिक दबावमा पुग्यो । खेलमा १–० ले पछि परेको नवलपरासी दोस्रो हाफमा फर्कने प्रयास निकै गर्यो । खेलको ५७ औ मिनेटमा रुपन्देहीका अशोक थापाको क्रसलाई अमन डंगोलले डिबक्सबाट गरेको फितलो प्रहार नवलपरासीका गोलकिपर सन्देश गुरुङ्गले रोकेपछि अन्तर फराकिलो बन्ने अवसर गुम्यो ।
खेलको ६५ औ मिनेटमा नवलपरासीका विदेशी खेलाडी कोलीले डिबक्स बाहिरबाट हानेको फ्रिकिकलाई सदुपयो गर्दै गोल गरेपछि खेल बराबरीमा पुग्दै रोमाञ्चक बन्यो । आशिष गुरुङ्गले बेलमेक्सलाई लडाएपछि डिबक्स बाहिर पाएको फ्रिकिकलाई कोलीले गोल गर्दा रुपन्देहीका समर्थकहरु निराश हुन पुगे । रुपन्देही टिम खेलमा पुनःअग्रता बनाउन भने ८३ औं मिनेटमा सम्भव गर्यो । रुपन्देहीका स्ट्राईकर निशान लिम्बुलाई युवराज चापागाईले डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई निशान्तले नै सदुपयोग गर्दै टिमलाई पुनः २–१ ले अग्रतामा पुर्याए । ईन्जरी समयको अशोक थापाले नवलपरासीका ३ जना डिफेन्सलाई कटाउँदै गोलकिपरलाई समेत बिट गर्दै गोल गरेपछि रुपन्देहीले जितको खुशी मनाउँदा नवलपरासीले बिदाईको हात मिलायो । खेलमा विजेता टिम रुपन्देहीका गौरब बुढाथोकी म्यान अफ दी म्याच घोषित हुदै नगद ११ हजार नगदबाट पुरस्कृत भएका थिए । आईतबारको शसस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल पुलिस क्लबसंग सामना गर्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…