
विर्तामोड(खेलाडी न्युज)—लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीको चुनौतिलाई १—० गोलले पन्छाउँदै नेपाल आर्मीले सिजनको सातौ उपाधि नजिक पुगेको छ । झापा गोल्डकपको अन्तिम सेमिफाईनलमा शनिबार मनाङलाई पन्छाउन आर्मीका नवयुग श्रेष्ठले निर्णायक गोल गरे । डोमालाल राजवंशी रंगशालामा उपाधिको लागि आर्मीले आयोजक झापासँग खेल्ने छ । विजेताले १२ लाख ५१हजार नगदसहितको ट्रफी पाउँदा उपविजेताले ६ लाख नगद पुरस्कार पाउने छ ।
खेलको दोस्रो मिनेटमा नवयुग श्रेष्ठले प्रहार गरेको बल पोष्टको दायाँतर्फबाट छिरेपछि आर्मीले जितको खुशीयाली मनाउदाँ मनाङ मस्र्याङ्दी भने निराश हुन पुग्यो । अफ्रिकी खेलाडी भिक्टोरले १० औं मिनेटमा हानेको प्रहार क्रसबारमा लागेर फर्किएपछि मनाङको दुर्भाग्यको संकेत देखियो । आर्मीले फाईनलसम्मको यात्रा तय गराउन गोलकिपर विकेश कुथुले निकै महेनत गरे । उनले ५९ औं मिनेटमा विशाल राईको क्रसमा अन्जन विष्टले हानेको हेडिङलाई बचाउ गरेका थिए । कुथु म्यान अफ दि म्याचको हकदार बन्दै नगद २५ हजार रुपैयाँ पाए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…