
पोखरा(खेलाडी न्युज)—श्रीलंकामा चलिरहेको निधास कप टी—२०त्रिकोणात्मक सिरिजमा बंगलादेशले श्रींलकामाथि जित दर्ता गर्दै समान हैसियतमा पुगेको छ । भारतसित पराजित भएको बंगलादेशले श्रीलंकामाथि ५ विकेटको जित निकाल्यो । श्रीलंकाले भारतलाई पराजित गरेको थियो । भारतले बंगलादेशलाई पराजित गरेको थियो ।
कोलम्बोमा हिजोराती भएको खेलमा श्रीलंकाले दिएको २१४ रनको लक्ष्यलाई बंगलदादेशले ५ विकेटको क्षतिमा पुरा गर्दा कुशल परेरा र कुशल मण्डिसले अर्धशतकीय पारी खेले । कुशल परेराले ७४ तथा कुशल मण्डिसले ५७ र उपल थरङगाले ३२ रनको योगदान गरेपछि श्रीलंकामाथि सहज जित निकाल्दै एक एक जितको अवस्थामा पुर्यायो । टस हारेर ब्याटिङ गर्न उत्रिएको श्रीलंकाले ६ विकेट गुमाउँदै २१४ रन बनाई बंगलादेशलाई व्याटिङको निम्तो दिएको थियो । बंगशलादेका मुस्ताफिकुर रहमानले ३ तथा महमुदुल्लाहले २ विकेट लिए ।
लक्ष्यलाई बंगलादेशले १९ ओभर ४ बलमा ५ विकेट गुमाउदै पूरा गर्यो । उसका जितमा मुस्किफुर रहिमले अविजीत ७२ तथा तमिम इक्वालले ४७ र लिटोन दाशले ४३ रन बनाए । यसतै सौम्य सरकारले २४ र कप्तान ममुदुल्लाहले २० रनको योगदान गरे । टी–२० क्रिकेटमा बंगलादेशले ठूलो लक्ष्य पछ्याउँदै जित निकालेको यो पहिलो हो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…